sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » डाक्टरलाई दुव्र्यबहार आरोपमा दुई पक्राउ

खोटाङ, ३१ बैसाख । जिल्ला अस्पताल खोटाङका डाक्टरलाई दुव्र्यबहार गरेको आरोपमा दुई पक्राउ परेका छन् ।
बिरामीको एक्स–रे गर्ने विषयमा विवाद हुँदा डाक्टर अशोक गिरी र सन्तोष शाहलाई कार्यकक्षमै दुव्र्यबहार गरेको आरोपमा रतन्छा–३ का उर्मिला राई र सर्मिला राई पक्राउ परेका हुन् । आमाको उपचारका लागि आएका राईद्धयले स्वास्थ्य जाँच नगरी छाती र फोक्सोको एक्सरे गर्न जवरजस्ती गरेको तर चेक गरेपछि मात्र एक्स–रे गर्न खोज्दा डाक्टरमाथि दुव्र्यबहार भएको अस्पतालले जनाएको छ । बुधबार पक्राउ परेका उनीहरुलाई केही महिला नेतृको टोलीले राती छुटाएका थिए । उनीहरुले मादक पदार्थ सेवन गरेको अवस्थामा टेबल ठटाउँदै अपशव्द बोलेर डाक्टरमाथि दुव्र्यबहार गरेको प्रहरीले जनाएको छ ।

आरोपित सर्मिला राईले भने आमाको स्वास्थ्य समस्यका बारेमा बताउँदा उल्टै डाक्टरले दुव्र्यबहार गरेको बताइन् । बिरामीको समस्यका बिषयमा बताउँदा सिकाएको भन्दै डाक्टरले बिरामी पुर्जा फालिदिएको उनले दाबी गरिन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post