sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » एउटै गाउँका तीन बालक तेह्र दिनदेखि बेपत्ता

खोटाङ, १६ जेठ । एउटै गाउँका तीन बालक तेह्र दिनदेखि बेपत्ता बनेका छन् । दिक्तेल नगरपालिका–५ का १२ वर्षीय सनम राई, ११ वर्षीय प्रज्वल राई र १५ वर्षीय रमण राई गत जेठ–४ गतेबाट बेपत्ता बनेका हुन् ।

एउटै गाउँका तीन बालक एकैसाथ बेपत्ता बनेपछि बालकका आफन्त चिन्तित बनेका छन् । जेठ–४ गते बिहान घरबाट दिक्तेलबजार जान्छु भन्दै हिँडेका तीन बालक हालसम्म फेला नपरेपछि आफन्त चिन्तित बनेका हुन् ।

स्थानीय शिवप्रसाद राईको छोरा सनम सरस्वति उच्च मावि दिक्तेलको कक्षा–८ मा अध्ययनरत थिए । सोही गाउँका राजबहादुर राईको छोरा प्रज्वल हिमालय निमावि सोल्माको कक्षा–४ मा र देशबहादुर राईको छोरा रमण कक्षा–७ मा अध्ययनरत रहेका शिक्षिका सँगीता राईले जानकारी दिनुभयो ।

बेपत्ता बालकहरु हालसम्म फेला नपरेपछि खोजीका लागि आईतबार आफन्तले प्रहरी र जिल्ला बालकल्याण समितिमा हुलिया दिएका दिएका छन् । आफन्तले दिएको हुलियाको आधारमा खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post