sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » पुस्तकबाट शुशिल कोइरालाप्रति सम्झना र सम्मान

खोटाङ, २ जेठ । नेपाली कांग्रेस खोटाङ क्षेत्र नम्बर–२ ले पुस्तकमार्फत पुर्वसभापति शुशिल कोइरालाप्रति सम्झना र सम्मान दर्साएका छन् । पुर्वप्रधानमन्त्री एबं पुर्वपार्टी सभापति कोइरालाको सम्मानमा कांग्रेस क्षेत्रीय समितिले ‘नेकाबोल’ नामक पुस्तकलाई बिशेषांककारुपमा प्रकाशन गरेको छ । कोइरालाको जीवनी, त्याग, बलीदान, संघर्ष र निष्ठापूर्ण राजनिती लगायतका बिषय समाबेस गरिएको ‘नेकाबोल’ आईतबार कांग्रेस जिल्ला सभापति नरेश श्रेष्ठले बिमोचन गरे । कोइरालाको मार्गदर्शनलाई कार्यकर्तामाझमा पु¥याउनकालागि पुस्तकलाई कोइराला बिशेषांकरुपमा प्रकाशन गरिएको कांग्रेस क्षत्रीय सभापति तिर्थ भट्टराईले बताए । 

कोइरालाको सम्मानमा नेकाबोल बिमोचन गर्दै जिल्ला सभापति श्रेष्ठ ।
संबिधानसभाको निर्वाचनमा पराजय बेहोरेपछि पार्टीको संगठनलाई बजबुद बनाउँदै आसन्न स्थानीय निकायको निर्वाचनमा बलियो उपस्थिति देखाउन जिल्लाको नेर्पा, काहुले, बोपुङ र लफ्याङ गाबिसको नामबाट क्षेत्र नम्बर–२ मा ‘नेकाबोल’ नामक अभियान थालेको कांग्रेसले ‘नेकाबोल’मार्फत कोइरालाप्रति सम्मान दर्साएको जनाएको छ । पुस्तकमा राष्ट्रपति बिद्या भण्डारी, प्रधानमन्त्री केपी ओली, सभामुख ओनसरी घर्ती, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओबादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधव नेपाल, डा. बाबुराम भट्टराई लगायतको कोइरालाप्रतिको धारणा समाबेस गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post