sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बुईपामा मदन–आश्रितको सम्झना

खोटाङ, ३ जेठ । नेकपा एमालेले खोटाङको बुईपामा मदन भण्डारी–जीवराज आश्रित स्मृतिसभा गरेको छ । एमाले ईलाका नम्बर ८ ले सोमबार बुईपाको पञ्चदोबाटोमा मदन–आश्रित स्मृतिसभा गरेको हो । कार्यक्रममा स्वर्गीय नेता भण्डारी र आश्रितको योगदान र संघर्षका बिषयमा चर्चा गरिएको छ । कार्यकर्ताले मदन–जीवराजले देखाएको बाटो अनुशरण गरेमात्र उनीहरुप्रति सच्चा सम्मान हुनेमा जोड दिईएको छ ।

कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष रामप्रसाद दंगाल, सचिवालय सदस्य उदय कार्की, बिरेन्द्र ढकाल, एमाले दिक्तेल नगर कमिटि अध्यक्ष गोपालचन्द्र आचार्य, युवा संघका जिल्ला अध्यक्ष दिनेश राई लगायतले बोल्नु भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post