sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङलाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रमको तयारी पुरा

रामधन राई/खोटाङ
जेठ–६ । खोटाङ  जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रमको तयारी पुरा भएको छ  । यही ७ गते शुक्रबारको लागि जिल्ला सदरमुकाम दिक्तेलस्थित स्थानीय हेलिप्याडमा तय गरिएको घोषणका कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले बुधबार आयोजना गरेको अन्तिम तयारी बैठकमा जनाईएको हो ।   
खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहको प्रमुख आतिथ्यमा आयोजना हुने घोषणा कार्यक्रमको लागि समन्वयात्मक तथा ब्यवस्थापनको तयारी पुरा भएको जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर बिजयकुमार ठाकुरले जानकारी दिनुभयो । कार्यक्रमका तयारी बैठकबाट बिभिन्न कार्यालय तथा संघसंस्थाबीच कार्य बिभाजन गरिए बमोजिमका मञ्च ब्यवस्थापन, स्वागतद्वार निर्माण लगायतको तयारी भइसकेको छ । जिल्ला प्रबेश गर्ने नाका चखेवा भञ्ज्याङ, जयरामघाट, फोक्सिङटार लगायत सदरमुकामका बिभिन्न स्थानमा स्वागतद्वार निर्माण भईसकेको छ  । यस्तै, कार्यक्रमस्थलमा  बिशेष प्रकारको मञ्च  तथा स्वागतद्वार निर्माण भईरहेको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ । दिक्तेलको रत्नपार्कदेखि हाटडाँडा हुँदै कार्यक्रम स्थलसम्म पुग्ने ¥यालीका लागि बिभिन्न जातजातिका साँस्कृतिक झाँकीहरुको समेत ब्यवस्था गरिएको छ ।  
कार्यक्रमलाई भब्य र सभ्य बनाउनका लागि अतिथि सत्कार टोली,  स्वयमसेवक, प्राथमिक सवासथ्य केन्द्रलगायतका बिभिन्न टोली खडा गरिएको जनाईएको छ ।  कार्यक्रमको प्रत्यक्ष प्रशारण स्थानीय रुपाकोट सामुदायिक रेडियो ९६ थोप्लो ६ मेगाहर्ज र हलेसी एफ्.एम्. १०२ थोप्लो ४ मेगाहर्जबाट गर्ने निर्णय भएको छ । 
अघिल्लो बर्ष नै खुला दिसामुक्त घोषणा गर्ने भनिए पनि भुँईचालो लगायत बिबिध बाधाको कारण हुन नसकेको जिल्ला ३५ औं खुला दिसामुक्त जिल्लाको रुपमा घोषित हुन लागेको हो ।
स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेको अध्यक्षतमा राजनीतिक दल, कार्यालय प्रमुख, गैरसरकारी संस्था, पत्रकार लगायतको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी चन्द्बहादुर खड्काको कार्यकक्षमा अन्तिम तयारी तथा समीक्षा बैठक बसिएको थियो ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post