sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बिद्यालयमा एक लाखको अक्षय कोष

खोटाङ, जेठ । खोटाङको टेम्माका अभिभाबक दाजुभाईले स्थानीय कृष्ण उच्च माबिमा एक लाखको अक्षय कोष स्थापना गरेका छन् । 
गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्थाकालागि टेम्मा–३ का भुपुगोर्खा सैनिक रामकुमार राई, निवर्तमान गाबिस अध्यक्ष तथा शिक्षक अभिभाबक संघका अध्यक्ष धनकुमार राई, भुपुगोर्खा सैनिक कृष्णकुमार राई र रोसन राईले विद्यालयमा एक लाख १ हजार १११ रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरेका हुन् । राई दाजुभाईले स्वर्गीय बुवा श्रीजुङ राईको सम्झनामा अक्षय कोष स्थापना गरेको प्रधानाध्यपक खेमराज मगरले बताउनुभयो । 
विद्यालयमा आईतबार आयोजित कार्यक्रममा अभिभाबक दाजुभाईले अक्षय कोष स्थापनाको घोषणा गर्दै रकम प्रअ र व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राईलाई हस्तान्तरण गरेका छन् । उनीहरुले विद्यालयको शैक्षिक तथा भौतिक प्रगतीकालागि अक्षय कोषलाई बृद्धि गर्दै लगिने बताएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post