sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » दाहिने हात नभएका छात्रलाई पढ्ने अवशर

खोटाङ, १७ जेठ । ज्योती केसी अपांग छात्रबृत्ति कोषले खोटाङको काहुले–६ सालम्बुका अपांग छात्र एञ्जल राईलाई माबि तहसम्मको अध्ययन गर्ने अवशर दिएको छ । हाल सदरमुकाम दिक्तेलमा बसेर कक्षा १ मा अध्ययनरत ९ वर्षीय अपांग छात्र एञ्जललाई कोषले कक्षा १० सम्म निशुल्क अध्यायन गर्ने अवशर दिएको हो । छात्रबृत्ति कोषले दाहिने हात नभएका छात्र राईलाई यस शैक्षित्रसत्र देखि पढाउने जिम्मा लिएको परिवारले बताएका छन् । गत फागुमा दिक्तेल आएकोबेला अपांग एञ्जललाई भेट गरेर फर्किएकी कोषकी संस्थापक ज्योती केसीले अपांग छात्रबृत्ति कोष अन्तरगत पढ्ने अवशर दिलाएकी हुन् ।

अवशर पाएका छात्र राईलाई कोषले अनल ज्योती बोर्डिङ स्कुल ललितपुरमा कक्षा २ मा भर्ना गरिदिएको दाजु गणेश राईले बताए । बुवा काजीमान राई र आमा जयकुमारी राईको कान्छो छोरा एञ्जलको दाहिने हातको कुहिनोमुनिको भाग छैन । ९ महिनाकोछँदा सुताएको ठाउँबाट सर्दै जाँदा आगोमा परेका उनको हात उपचारकाक्रममा काटेर फालिएको हो । 
अपांग भाई एञ्जल र गणेश ।


राई परिवारका ६ दाजुभाईमध्ये साईलो छोरो गणेश पनि जन्मजात अपांग हुन् । गणेशको पनि दुबै हातको कुहिनामुनिको भाग छैन । तर, तिनै आधा हातले हरेक काम गर्न सक्षम छन् गणेश । जन्मजात अपांग हातले कलम च्यापेर लेख्छन्, कितावका पाना पल्टाउँछन् । त्यही आधा हातले मोबाइल चलाउँछन्, लुगा धुन्छन्, नुहाउँछन् र खाना पकाउँछन् । दिक्तेल बहुमुखी क्याम्पसबाट बिबिएस तेश्रो वर्षको परिक्षा दिएर बसिरहेका गणेश अधकल्चो हातले कम्प्यूटर र ल्यापटपसम्म चलाउँछन् । सुरुमा आँगनको माटोमा खुट्टाले लेखपढ गर्न सिकेका गणेशले देशको अशल नागरिक बन्ने लक्ष्य लिएको बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post