sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » कराते प्रतियोगिताका लागि सिंगापुरबाट १ लाख ४० हजार सहयोग

खोटाङ, जेठ ६ । खोटाङ सदरमुकाम दिक्तेलमा जेठ–२० गतेदेखि २२ गतेसम्म सञ्चालन हुन लागेको ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’कालागि सिंगापुरबाट १ लाख ४० हजार आर्थिक सहयोग प्राप्त भएको छ । खोटाङ र भोजपुरका सिंगापुर प्रहरीको साझासंस्था ट्याम्के छायाँ परिवारले प्रतियोगीताको व्यवस्थापन र सफलताकालागि आयोजक नेपाल सितोरियो कराते संघको खोटाङलाई आर्थिक सहयोग गरेको हो । 
खोटाङको रतन्छा घर भइ हाल काठ्माण्डौंमा व्यवसाय गर्दैआएका परिवर्तन किरातीको पहल एबं हाल सिंगापुरमा रहेका ट्याम्के छायाँ परिवारका रितुवर्तन राईको संकलनमा रकम प्राप्त भएको नेपाल सितोरियो कराते संघको खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए । कराते प्रतियोगीताकालागि सिंगापुरमा सहयोग संकलन गर्ने सिंगापुर प्रहरीमा कार्यरत रितुवर्तन सितोरियोका पुर्वखेलाडी एबं वर्तमान क्यूकोसिन कराँतेका एसियन पदक विजेता हुन् । ट्याम्के छायाँ परिवारले प्रतियोगीताको सफलता र आशिर्वाद स्वरुप सहयोग गरेको संघले जनाएको छ । अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकालागि शुभेच्छुकबाट आर्थिक सहयोग जुट्नेक्रम जारी रहेको संघका अध्यक्ष राईले जनाए । 
खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितोरियो कराते संघको आयोजनामा प्रतियोगता हुन लागेको हो । प्रतियोगिता सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । करिब ३५ लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतियोगिता सफल पार्नकालागि जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु उपसमितिमा समेटिएका छन् । गत वर्ष सञ्चालन गर्ने भनिएको प्रतियोगिता भूकम्प, नाकान्दी र आर्थिक समस्या लगायतका कारण निर्धारित मितिभन्दा पछि सरेको हो । 
सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेल मैदानमा सञ्चालन गरिने प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथो हुने समूहले क्रमशः एक लाख, ७० हजार, ४० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ठ टिम कोच, उत्कृष्ट टिक व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई दश÷दश हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष राईले बताए ।
आर्थिक सहयोग संकलनबाट आयोजना गरिने प्रतियोगितामा नेपालका पाँचै विकास क्षेत्र, विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विश्व विद्यालय तथा भारत, भुटान, बंलगलादेश र श्रीलङ्काको सहभागिता रहने आयोजकले जनाएको छ । १८ समूहको सहभागिता रहने प्रतियोगितामा ४५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
७६ पदक संख्याका लागि प्रतिस्पर्धा गराइने प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ कास्य पदक रहेको छ । प्रतियोगितामा पुरुष एकल काता र महिला एकल काता तथा पुरुष टिम काता र महिला टिम कातामा तीन÷तीन जनाको समूह रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ४५, ५०, ५५, ६५, ६७, ७५, ८४ र ८४ केजी भन्दामाथि तथा महिलातर्फ ४०, ४५, ५०, ५५, ६१, ६८ र ६८ केजीभन्दा माथि प्रतिस्पर्धा गराइने संघका उपाध्यक्ष मिलन कसजुले जानकारी दिए । प्रतियोगिताको लागि संघले १२ जना खेलाडीको आयोजक टोली छानिसकेको छ । 
क्याप्सन ः अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकालागि रकम जुटाउन पहल गर्ने युवा व्यवसायी परिवर्तन किराती, सितोरियो कराँतेका सगरमाथा अञ्चल संयोजक बिचारी तामाङ लगायत । तस्बिर ः 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post