sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » सिडियोलाई खेलाडीको स्वागत

खोटाङ, २० बैसाख । नेपाल सितोरियो कराते संघ खोटाङले प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई स्वागत गरेको छ । सोमबार दिक्तेलको माटिकोरेस्थित जिबिसको कबर्ड हलमा कार्यक्रम गरी सितोरियो संघले केही समयअघि प्रजिअकारुपमा आएका कार्कीलाई स्वागत गरेको हो । सितोरियो कराते संघका पदाधिकारी तथा खेलाडीले प्रजिअ कार्कीलाई खादा ओढाएर स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा संघले प्रजिअ कार्कीलाई ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ सञ्चालनकालागि केन्द्रबाट प्राप्त स्वीकृति पत्र हस्तान्तरण गरेको छ । नेपाल सितोरियो कराते महासंघले प्रजिअ कार्कीलाई प्रतियोगीताकालागि संयोजकको स्वीकृति दिएको संघका जिल्ला उपाध्यक्ष मिलन कसजूले जानकारी दिनुभयो । कार्यक्रमको अवशरमा खोटाङ अक्वा मिनरल वाटर उद्योगका सञ्चालक फुर्वा शेर्पाले अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकालागि २५ हजार बराबरको ‘मिरमिरे जल’ निशुल्क उपलव्ध गराउने प्रतिबद्धता जनाएका छन् । शेर्पाले केही मिनेरल वाटर सोमबार नै प्रजिअ कार्कीलाई हस्तान्तरण गरेको संघले जनाएको छ ।

खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितोरियो कराते संघको आयोजनामा आगामी जेठ–२१ गतेदेखि २३ गतेसम्म सदरमुकाम दिक्तेलमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिता सञ्चालनकालागि प्रमुख जिल्ला अधिकारी कार्कीको संयोजकत्वमा मुल आयोजक समिति तथा राजनीतिक दल, सरकारी तथा गैर–सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु समेटिएको उपसमितिहरु गठन गरिएको छ ।

स्वागत कार्यक्रममा डिएसपी विद्यानन्द माझी, सितोरियो संघका जिल्ला अध्यक्ष सञ्जयकुमार राई लगायतको उपस्थिति थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post