sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बेलिब्रिज निकाल्ने क्रममा नदीमा खस्यो

खोटाङ, १७ जेठ । सुनकोसीको बेलिब्रिज निकाल्नेक्रममा नदीमा खसेको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज निकाल्नेक्रममा केही भाग नदीमा खसेको हो । केही दिनअघि देखि खोल्न थालिएको बेलिब्रिजको बीचको खण्ड नदीमा झरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए ।

दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने अस्थायी बेलिब्रिजको केही भाग आईतबार नदीमा खसेको हो । सुनकोसीको बेलिब्रिज हटाउने काम थालिएसँगै खोटाङ र पुर्वी तराईको सिधा यातायात सम्पर्क टुटीसकेको छ । बेलिब्रिज निकाल्नेक्रममा नदीमा खसेको विषयमा जानकारी आएपछि सोमबार भँडारेघाटबाट प्रहरीको टोली फोक्सिङटार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाल बेलिब्रिजको नदीमा खसेको भाग निकाल्ने प्रयास भइरहेको छ । बेलिब्रिजको अंश नदीमा खस्दा क्षती पुगे र अर्को पटक राख्न नमिल्ने अवस्थामा पुगे जिल्लालाई ठूलो क्षती पुग्ने उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए ।

आग्रहमा सडक बिभागको बेवास्ता  

खोटाङबासीको आग्रहलाई बेवास्ता गर्दै सडक बिभागले जयरामघाटस्थित दुधकोसीको अस्थायी बेलिब्रिज निकाल्न सुरु गरेको छ । जेठ–१५ गतेभित्र निकाल्ने भनिएको खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दुधकोसीस्थित अस्थायी बेलिब्रिज जेठ मसान्तसम्म नहटाउन आग्रह गरिएपनि सडक बिभागले सोमबारदेखि नै बेलिब्रिज हटाउन थालेको हो । निरन्तर वर्षा हुन थालेकाले ‘रिस्क’ लिन नसकिने भन्दै सडक बिभागले बेलिब्रिज निकाल्न थालेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

जिल्ला प्रशासन कार्यालयमा गत बुधबार बसेको सर्वदलीय बैठकले बेलिब्रिज जेठ मसान्तसम्म नहटाउन आग्रह गरेको थियो । जेठ मसान्तसम्म पानीको बहावले बेलिब्रिजलाई अशर नपुग्ने भएकाले दुई हप्ता ढिलागरी झिक्न आग्रह गरिएको थियो । हरेक वर्ष जयरामघाटको बेलिब्रिज जेठ मसान्तभित्र हटाउने गरिएको थियो । बेलिब्रिज निकालिएपछि जिल्ला ६ महिनासम्म सिधा यातायात सम्पर्कबाट बिच्छेद हुने गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post