sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण फुटबल

खोटाङ, २५ बैसाख । प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवशरमा खोटाङमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा कर्मचारी मिलनकेन्द्र बिजयी भएको छ । दिवसको अवशरमा शनिबार दिक्तेलको माटिकोरे कबर्डहलमा आयोजना गरिएको कर्मचारी मिलनकेन्द्र र नेपाल पत्रकार महासंघबीचको प्रतियोगीतामा १ का बिरुद्ध ११ गोल गर्दै कर्मचारीको टिम बिजयी भएको हो । फराकिलो अन्तरले बिजयी बनेको कर्मचारी मिलनकेन्द्रले ५ हजार जितेको छ । जितेको रकम कर्मचारी मिलन केन्द्रका टिम क्याप्टेन एबं प्रजिअ चन्द्रबहादुर कार्कीले नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरे ।

प्रतियोगीताको पहिलो मिनेटमै कर्मचारीले गोलको खाता खोलेका थिए । प्रतियोगीतामा सबैभन्दा बढि गोल जबरजंग गण मुढेका गणपति मदन न्यौपानेले गरे । न्यौपानेले ४ गोल गरेका थिए । डिएसपी विद्यानन्द माझीले १, जिल्ला अस्पतालका डाक्टर टंक कार्कीले १, जबरजंगकै क्याप्टेन डम्बर शाहीले ३ र दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीले २ गोल गरेका थिए । प्रतियोगीतामा पत्रकार महासंघकातर्फबाट उजुर राईले एकमात्र गोल गरे ।

तीन दिने पत्रकारिता दिबसको अवशरमा बिहिबार जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण, शुक्रबार प्रभातफेरी र खोटाङको पत्रकारिताको विषयमा अन्तरक्रीया गरिएको थियो ।
पत्रकार महासंघलाई उद्योग बाणिज्य संघले १३ थान जर्सी सेट उपलव्ध गराएको थियो । जर्सी निशुल्क उपलव्ध गराएर सहयोग गरेकामा उद्योग बाणिज्य संघप्रति पत्रकार नेपाल महासंघले धन्यबाद ज्ञापन गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post