sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा बाणिज्य संघको जीत

खोटाङ, १६ जेठ । गणतन्त्र दिबसको अवशरमा खोटाङमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगीताको उपाधि बाणिज्य संघले हात पारेको छ । दिक्तेलको माटिकोरेस्थित खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा कर्मचारी मिलन केन्द्रलाई ट्राइब्रेकरमा १ का बिरुद्ध ३ गोल गर्दै बाणिज्य संघले पहिलो उपाधि जितेको हो । रोमाञ्चक रहेको खेल बराबरीमा टुंगिएपछि ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा कर्मचारीको एक गोल किपरले छेकेको थियो भने एक गोल पोलमा लागेर बाहिर गएको थियो । हारसँगै कर्मचारीले उपबिजेतामा चित्त बुझाउनु प¥यो । प्रतियोगीतामा राजनैतिक दलले तेश्रो स्थान प्राप्त गरेको छ । नेपाल पत्रकार महासंघलाई २ का बिरुद्ध ३ गोल गर्दै दलले तेश्रो स्थान हाँसिल गरेको हो । पत्रकार महासंघ शान्त्वना स्थानमा खुम्चिए ।
बल नियन्त्रणमा लिन प्रयास गर्दै बाणिज्य संघ (रातो) र कर्मचारी (पहेँलो) ।

प्रतियोगीतामा प्रथम, दोश्रो, तेश्रो र शान्त्वना टिमले क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजारकासाथमा प्रमाणपत्र हात पारेका छन् । मैत्रीपूर्ण भनिएको प्रतियोगीतामा पत्रकार महासंघले मात्र सुरुदेखि अन्त्यसम्म पत्रकारलाई उतारेको थियो । दल, कर्मचारी र बाणिज्य संघले भने बीच–बीचमा आफ्नो नाम गर्दै व्यवसायीक खेलाडीलाई समेत मैदानमा छिराएका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post