sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » मैत्रीपूर्ण फुटबलमा पत्रकारसँग कर्मचारीको जित

जेठ १४ खोटाङ । मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ खोटाङले सुधारिएको खेल प्रस्तुत गरे पनि कर्मचारीसामु फेरि पराजित  बनेका छन् । गणतन्त्र दिवसको अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा खेल अवधीभर नै कर्मचारीलाई दबाबमा राखे पनि पत्रकार टीमले  गोल गर्न नसक्दा २–० को हार ब्यहोरेको हो । यसअघि, गत बैशाख २५ गते राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा ११–१ को बिशाल गोल अन्तरले पराजीत पत्रकार महासंघले  यस पटक मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै कर्मचारीलाई दबाबमा राखेका थिए ।
सदरमुकामस्थित माटिकोरे खेल मैदानमा जारी मैत्रीपुर्ण प्रतियोगिताको पहिलो खेलमा कर्मचारीलाई गोल गर्ने थुप्रै अवसर प्राप्त गरे पनि गोललाई सही दिशा दिन नसक्दा पत्रकार जीतबाट चुकेका थिए । खेल सुरु भएको पहिलो मिनेटमै कर्मचारीले गोल गर्दै अग्रता लिएका थिए । पहिलो हाफ हुन अगाडी नै पत्रकारका गोलकिपर बल समाएर पोष्टभित्र पसेपछि रेफ्रीले गोल घोषणा गरेका थिए । महासंघका अध्यक्ष दमन राई लगायतका  पदाधिकारी, जेष्ठ पत्रकार कृष्ण आचार्य, डम्बरसिंह राई लगायत जिल्लामा क्रियाशील पत्रकारहरु बिरुद्घ कर्मचारीको तर्फबाट प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, शेर गणका गणपति मदन न्यौपाने तथा नेपाली सेनाका खेलाडीहरु, डीएसपी बिदानन्द माझी, जिल्ला अस्पतालका डाक्टर टंक कार्की लगायत मैदानमा उत्रिएका थिए ।
यस्तै, राजनीतिक दल र उद्योग बाणिज्य संघबीच भएको दोश्रो खेलमा उद्योग बाणिज्यले ५–२ गोल अन्तरले दललाई पराजीत गरेका छन् ।  जिल्ला कार्य समितिभित्रका खेलाडी मात्र खेल्न पाउने भनिए पनि दुवैतर्फका अधिकांश खेलाडी कार्य समिति बाहिरका थिए । कर्मचारी र बाणिज्य संघबीच हुने फाईनल खेल भने शनिबार दिउँसो २ बजे सोही मैदानमा हुने जनाईएको छ । जिल्लामा प्रभातफेरि, परिसंबाद लगायतका बिबिध कार्यक्रम गरी शुक्रबारदेखि आईतबारसम्म गणतन्त्र दिवस मनाईंने छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post