sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » कुटपिट र यौनदुर्व्यबहार आरोपमा होटल सञ्चालक सहित चार पक्राउ

खोटाङ २८ बैसाख । खोटाङमा होटलमा काम गर्ने महिला कामदार र उनकी छोरीमाथि भएको कुटपिट र यौनदुव्र्यबहार आरोपमा सञ्चालक सहित चार जना पक्राउ परेका छन् । 

दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दैआएकी दोर्पाचिउरीडाँडाकी महिला कामदार र उनकी तीन वर्षीय बच्चामाथि कुटपिट तथा यौन दुव्र्यबहार गरेको आरोपमा सञ्चालक हरिप्रसाद आचार्य, प्रबन्ध निर्देशक दिनारायण रिजालका छोरा कबिराज रिजाल, श्रीमती कोपीलादेबी रिजाल र कामदार तिलक कार्कीलाई प्रहरीले सोमबार राती पक्राउ गरेको हो । हरिप्रसाद, कबिराज र तिलक बिरुद्ध मुद्धा चलाइसकिएको डिएसपी बिद्यानन्द माझीले बताए । कोलीलादेबीलाई भने सोधपुछकालागि नियन्त्रणमा लिइएको डिएसपी माझीले जनाए । 

कामदार आमाछोरीमाथि भएको कुटपिट तथा यौनदुव्र्यवहारका घट्नालाई मिलापत्रमा टुंग्याउने प्रयास भएपछि राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले दोषीउपर कारबाही प्रकृया अघि बढाएको हो । घट्ना सार्वजनिक भएको हप्ता दिनपछि बिहिबार मिलापत्र गराएर पिडितलाई थप पिडित बनाइएको भन्दै आयोगको निर्देशनमा आयोगको टोली र प्रहरीले संयुक्तरुपमा तामाङ आमाछोरीलाई दिक्तेलस्थित कुमारी चलचित्र हल नजिक रहेको डेराबाट आईतबार उद्धार गरेको थियो । मिलापत्र गराएर राजधानी पठाउन लागेको जानकारी पाएपछि प्रहरीलाई उद्धार गर्न निर्देशन दिइएको आयोगले जनाएको छ । पिडितलाई अहिले जिल्ला प्रहरीको संरक्षणमा राखिएको छ । 

कुटपिट र यौनदुव्र्यबहारको घटनामा मिलापत्र गरेको तीन दिनपछि आयोगको निर्देशनमा आयोगकै टोली र प्रहरीले पिडितलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालयको संरक्षणमा लगिएको हो । दोषी उपर उजुरी नपरिरहेकाबेला आयोगले सोमबार घाजाँच केश फारमलाई फस्ट इन्फमेसन रिपोर्ट (एफआइआर) मानेर  दोषी उपर किटानी जाहेरी दर्ता गरेर अनुसन्धान थाल्न प्रहरीलाई भनेको थियो । मिलापत्रपछि पिडकबिरुद्ध उजुरी नपर्दा अनुसन्धान थाल्न अप्ठ्यारो भएको प्रहरीले बताएपछि आयोगले घाजाँच केश फारमकै आधारमा कारबाही प्रकृया थाल्न निर्देशन दिएको थियो । तर, उद्धारपछि प्रहरी संरक्षणमा पु¥याइएका महिलाले दवावमा मिलापत्र गराइएको भन्दै आरोपितबिरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ । 

जाँच केश फारमका लागि पिडितले बैसाख–२१ गते मंगलबार प्रहरीलाई दिएको निबेदनमा होटलमा काम सुरु गरेको महिना दिनदेखि नै हरिप्रसादले यौन आशयले जिस्क्याउने, सम्बेदनशिल अंग छुन प्रयास गर्ने, घरभित्र बाहिर गर्दा छुन खोज्दै हिँड्ने गरेको उल्लेख छ । यस्तै, कबिराजले समेत संबेदनशिल अंग छुन प्रयास गर्ने, यौन प्रस्ताव राख्ने गरेको, तीन वर्ष लागेकी नाबालिका छोरीलाई चलकेट दिएर कोठामा लगेर नाङ्गो बनाएर यौनाङ्ग सुमसुम्याउने र बैसाख–१४ गते यौनाङ्गमा टोकेर घाउ बनाइदिएको आरोप छ । होटलमा आएको ग्राहकको मोबाईल चोरेको आरोपमा कोपिलादेबीको आदेसमा बैसाख–११ गते राती कोठामा थुनेर कामदार तिलक कार्कीलाई कुटपिट गर्न लगाएर मरणासन्न अवस्था बनाएको पिडितको भनाई छ । 

काठ्माण्डौं माईती भएकी पिडित महिला २०६९ साल मंसिरमा बिवाह गरेर खोटाङ आएकी हुन् । श्रीमानले छाडेपछि र परिवारबाट निकालिएपछि उनी दिक्तेलस्थित बालसेवा समाज नेर्पाको संरक्षणमा आइपुगेकी थिइन् । घरबाट विस्थापित भएपछि २०७१ साल बैसाख–६ गतेदेखि बालसेवाको संरक्षणमा रहेकी आमाछोरीलाई गत माघ–२३ गतेदेखि होटल शुभदिनमा ज्यालादारी कामदारकारुपमा लगिएको थियो । उनको माइतीतर्फका कोही आफन्त नभएका कारण पनि घरबाट निकालिएपछि संरक्षणमा बस्न बाध्य बनेकी हुन् । आफन्त नभएकै कारण उनी बिचल्नीमा परेकी छन् । 

मिलापत्रमा आपसमा दोषारोपण नगर्ने र कतै सार्वजनिक नगर्ने, कुनै निकायमा उजुरबाजुर नगर्ने, पिडितलाई स्थापित गर्न पहल गर्ने सहमती भएको छ । दुव्र्यबहारको विषयमा जानकारी भएपछि बैसाख–१७ गते उनलाई महिला रक्षक सञ्जालकी अध्यक्ष पुर्णकला तामाङ, रेखा राई, निसाना राई, रश्मी रसाइली लगायतको सम्पर्कमा ल्याइएको थियो । महिला र उनकै नावालिका छोरीमाथि भएको कुटपिट र दुव्र्यबहारका बिषयमा जिल्लाका महिला अधिकारकर्मी नै बिभाजित बनेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post