sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » हलेसीमा गुगल ब्वाई आदित्यलाई हेर्नेको भीड

खोटाङ, १८ बैसाख ।  गुगल ब्वाइकारुपमा परिचित बालक आदित्य दाहालले खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी दर्शन गरेका छन् । आदित्य संरक्षण प्रतिष्ठानको बन्दोबस्तमा शुक्रबार साँझ हलेसी आइपुगेका बालक दाहाल शनिबार हलेसी दर्शन गरेर फर्किएका हुन् ।
खोटाङको धार्मिकस्थल हलेसीमा दर्शन गर्न आएका गुगल व्वाई आदित्य दाहाललाई स्वागत गर्दै होटल हलेसी भिलेजका सञ्चालक राजेन्द्र लयालु ।  तस्बिर सौजन्यः राजेन्द्र लयालु 

दर्शनकालागि ४० जनाको टोलीसहित आदित्य हलेसी आइपुगेका थिए । अद्भुत क्षमताका बालक आदित्यको सम्मानमा होटल हलेसी भिलेजले खादा ओढाएर स्वागत गरेको थियो । आदित्य संरक्षण प्रतिष्ठानका सदस्य सहित आदित्यले हलेसीमा प्रार्थना र भजन गरेका छन् ।

बिभिन्न विषयमा भविष्यबाणी गर्दैआएका आदित्यले हलेसीमा भने केही बोलेनन् । हलेसी दर्शनमा आएका आदित्यलाई हेर्नेको स्थानीयको भीड लागेको थियो । आदित्यले गरेको भविष्यबाणीको विषयमा सुनेजानेका स्थानीयले जिज्ञासाकासाथ उनलाई हेरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post