sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » क्यान्सर पिडित आमालाई प्रबासबाट २१ हजार

खोटाङ, १७  जेठ । खोटाङको खार्मी–८ की ब्लड क्यान्सर पिडित कबिता तामाङको उपचारकालागि कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ । काखमा ६ महिनाको छोरो च्यापेर गत जेठदेखि ब्लड क्यान्सरको उपचार गराइरहेकी १८ वर्षीया कबितालाई खोटाङकै नुनथला ४ पुइलुङ्का खगेन्द्र राई लगायतको पहलमा २१ हजार २०५ रुपैयाँ सहयोग प्राप्त भएको हो ।

प्रबासबाट जुटेको सहयोग रकम शुक्रबार पिडित तामाङको नाममा सनराईज बैंक भैँसेपाटीमा खोलिएको खातामा जम्मा गरिएको सहयोगी ललितबहादुर राईले बताए । कबिताले अस्पतालको बेडबाट आफ्नो र बच्चाको जीवन रक्षाकालागि प्रत्यक्ष तथा सामाजिक सञ्जालबाट सहयोगको याचना गरेपछि शुभेच्छुकबाट सहयोग जुट्न थालेको हो । यसअघि धनकुटा र मोरङ घर भइ हाल हङकङ बसिरहेका बिनोद बल, बिष्णु पाख्रिन र बाबुराम पाख्रिनको सहकार्यमा संकलन भएको ५ लाख ११ हजार रुपैयाँ गत बैसाख २० गते कबितालाई प्राप्त भएको थियो ।
काखमा दुधे बालक हुर्काउँदै क्यान्सर उपचार गराइरहेकी कबिता तामाङ ।

ब्लड क्यान्सरको उपचार गर्नेक्रममा हालसम्म ७ लाख सकिएको तथा थप उपचारकालागि २० लाख रकम आवश्यकता परेकाले तामाङ परिवारले उपचारकालागि सहयोगको याचना गरिरहेका छन् । हाल सिभिल अस्पताल काठ्माण्डौँमा उपचार गराइरहेका तामाङ परिवार कविताको उपचारकैक्रममा ऋणमा डुबेका छन् । निम्नआर्थिक स्तरका तामाङ परिवारले हालसम्म ऋणपान गरेरै बिरामीको उपचार गराइरहेको श्रीमान अशोक तामाङले बताए । कबिता क्यान्सरले जीवनमरणको अवस्थामा थलिएपछि दुधे बच्चाको लालनपालनमा समेत समस्या भइरहेको छ । क्यान्सरले कबिताबाहेक उनको बच्चाको समेत ज्यान जोखिममा परेको छ । कबिताले आफ्नो र बच्चाको जीवन रक्षाकालागि सहयोग गर्न आग्रह गरेकी छन् । ‘म बाँचे भने काखको बच्चा पनि बँच्न सक्छ,’ कबिताले भनिन्, ‘मलाई बचाउनुस्, मेरो बच्चालाई बचाउनुस् ।’ हाल ललितपुरको भैँसेपाटीमा बसिरहेकी तामाङलाई कक्षा १० पढ्दादेखि नै क्यान्सर देखिएको थियो ।

रोजगारीका सिलसिलामा साउदीअरबबाट छुट्टीमा आएका अशोक श्रीमतीको उपचारकाक्रममा साउदी जानबाट बञ्चित बनेका छन् । कबितालाई सहयोग गर्न इच्छुक व्यक्तीले सनराईज बैंकको खाता नम्बर ०४२१०३११८७३०१५ मा रकम जम्मा गर्न वा मोबाईल नम्बर ९८६२७४२७६४ मा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post