sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » आमा/बाबुको नाममा बिद्यालयलाई तीन लाख

रामधन राई/खोटाङ
जेठ १२ । खोटाङका एक क्याम्पस प्रमुखले आफ्ना बाबुआमाको नाममा बिद्यालयलाई तीन लाख रुपैंयाँ प्रदान गरेको छ । जिल्लाको सबैभन्दा ठुलो शैक्षिक संस्था दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलका क्याम्पस प्रमुख डाक्टर शुकराज राईले परिवारको तर्फबाट बाबु बुद्घिमान राई र आमा हीरामायाँ राईको नाममा चम्पावती उच्च माबि बुइपालाई तीन लाख रकम प्रदान गर्नुभएको हो । 
क्याम्पस प्रमुख डाक्टर राईले परिवारको तर्फबाट आमा र बाबुको नाम जोडिएको पुरस्कार ‘बुद्घि–हीरा प्रतिभा पुरस्कार’ खडा गर्नका लागि रकम प्रदान गर्नुभएको बिद्यालयका प्राचार्य खगेन्द्र राईले जानकारी दिनुभयो । बिद्यालयका पुर्ब बिद्यार्थी तथा पुर्ब शिक्षक समेत रहनुभएको डाक्टर राईले हालै सम्पन्न एक कार्यक्रममा रकम प्रदान गर्नुभएको प्राचार्य राईले जनाउनुभयो । बुद्घिमान राईको ८० बर्षको उमेरमा गत महिना निधन भईसकेको छ भने हीरामाया राई ७५ बर्षको रहनु भएको छ । 

ब्यवस्थापन समितिका अध्यक्ष दिनेश राईको अध्यक्षतामा सम्पन्न रकम प्रदान कार्यक्रममा सांसद पाँचकर्ण राई प्रमुख आतिथि रहनुभएको थियो । प्राप्त रकमबाट कक्ष एकदेखि दशसम्मको बार्षिक परीक्षामा सर्बाधिक अंक ल्याउने एक जना र हरेक बिधामा प्रतिभाशाली बिद्यार्थी एक जना गरी बार्षिक दुई जना बिद्यार्थीलाई पुरस्कार प्रदान गरिने जनाईएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post