sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » पत्रकारिता दिबसमा बिरामीलाई फलफुल

खोटाङ, बैसाख २३ । प्रथम राष्ट्रिय पत्रकारिता दिबसको अवशरमा खोटाङमा बिरामीलाई फलफुल वितरण गरिएको छ । दिबसको अवशरमा बुधबार बिहान जिल्ला स्वास्थ्य कार्यालयमा उपचाररत २८ बिरामीलाई फलफुल वितरण गरिएको हो । उपचार गराइरहेका बिरामीको सुस्वास्थ्यको कामना गर्दै फलफुल वितरण गरिएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई
सरकारी तथा गैर–सरकारी कार्यलय, पत्रकार सम्मिलित प्रमुख जिल्ला अधिकारी संयोजक रहेको दिवस आयोजक मूल समारोह समितिले बिरामी, गर्भवती र सुत्केरी महिलाई फलफुल वितरण गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दिनेश केएम, जिबिसका योजना तथा प्रशासकीय अधिकृत नरहरि सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई लगायतले बिरामीलाई फलफुल वितरण गरेका थिए ।

खोटाङमा बिभिन्न कार्यक्रम गर्दै तीन दिनसम्म पत्रकारिता दिबस मनाइदैछ । पत्रकारिता दिबसको दिन बिहिबार बिहान प्रभातफेरी र पत्रकारिताका विषयमा अन्तरक्रीया तथा शुक्रबार कर्मचारी मिलनकेन्द्र र नेपाल पत्रकार महासंघबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता सञ्चालन गरिने समितिले जनाएको छ ।

पत्रकारिता दिबसमा खोटाङमा बिरामीलाई फलफुल वितरण गरिदै । तस्बिरः हाम्रो खोटाङ डटकम
सहायक प्रमुख जिल्ला अधिकारी दिनेश केएम
 
 
जिबिसका योजना तथा प्रशासकीय अधिकृत नरहरि सापकोटा

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post