sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » तीन दिनसम्म पत्रकारिता दिबस मनाउने तयारी

खोटाङ, बैसाख २२– खोटाङमा बिभिन्न कार्यक्रम गर्दै तीन दिनसम्म राष्ट्रिय पत्रकारिता दिबस मनाउने तयारी गरिएको छ । बैसाख–२४ गते पर्ने राष्ट्रिय पत्रकारिता दिबस २३ गतेदेखि २५ गतेसम्म बिभिन्न कार्यक्रम गर्दै मनाउने तयारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की संयोजक रहेको पत्रकारिता दिबस मूल आयोजक समितिको मंगलबार बसेको बैठकले बैसाख–२३ गते बिहान जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण, २४ गते बिहान सदरमुकाम दिक्तेलमा प्रभातफेरीकासाथमा दल, कर्मचारी र पत्रकारबीचमा पत्रकारिताका बिषयमा अन्तरक्रीया तथा २४ गते कर्मचारी र पत्रकारबीचमा मैत्रीपूर्ण फुटबल प्रतियोगीता सञ्चालन गर्ने निर्णय गरेको छ ।

पत्रकारिता दिबस मुल आयोजक समितिमा स्थानीय बिकास अधिकारी, योजना अधिकृत, हुलाक कार्यालय प्रमुख, नेपाल पत्रकार महासंघका अध्यक्ष, पत्रकार सम्बद्ध संगठन, सरकारी मिडियामा कार्यरत पत्रकार, सुचना तथा सञ्चारका क्षेत्रमा कार्यरत संघसंस्था लगायत छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post