sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» »Unlabelled » प्रथम खाेटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७३ बारेकाे अनुरोध

प्रथम खाेटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता– २०७३ लाई सभ्य, भव्य र सफल रुपबाट सञ्चालन तथा सहयोग गर्नको लागि सबैमा हार्दिक अनुरोध !

  नेपाल सितोरियो कराते संघको स्वीकृती अनुसार प्रमुख जिल्ला अधिकारी श्री चन्द्र बहादुर कार्की ज्यूको संयोजकत्व तथा नेपाल सितोरियो कराते संघ, खोटाङको आयोजनामा २०७३ जेष्ठ २० देखी २२ गते ( 2-4 June 2016) सम्म यस जिल्लामा “प्रथम खेटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता –२०७३” गरिने भएको हुँदा यस प्रतियोगितालाई सभ्य, भव्य र सफल रुपमा सञ्चालन गर्नको निम्ती सम्पुर्ण खोटाङे तथा गैह्रखोटाङे घरदेश तथा परदेशमा रहनुहुने समाजसेवी, विशिष्ट व्यक्ति व्यक्तित्व, नागरिक समाज, राजनितिक कर्मि, सरकारी गैह्रसरकारी संघ संस्था, व्यापारी व्यावसायी, शिक्षक विद्यार्थि, पत्रकार, खेलाडि पुर्व खेलाडि, खेलकुदप्रेमी अभिभावक ज्यूहरुमा आर्थिक, नैतिक, भौतिक, वैचारीक तथा अन्य सवैखाले सहयोग गरी खोटाङ जिल्लामा रहेका खेलाडिहरुको विकास विस्तार एवं उन्नति प्रगतिका लागि साथै खोटाङ जिल्लालाई खेलकुदको माध्यमवाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गरी प्रतियोगिता सफल पारीदिनुहुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौं । 
यस प्रतियोगितामा सहभागि हुने टिमहरु

अन्तर्राष्ट्रिय टिमहरु : भारत, भुटान, श्रीलंका र वंगलादेश

विभागिय टिमहरु : नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र विश्व विद्यालय

क्षेत्रीय टिमहरु : पुर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल विकास क्षेत्र, मध्यपश्चिमाञ्चल  विकास क्षेत्र, सुदुर पश्चिमाञ्चल विकास क्षेत्र

अन्य टिमहरु : सोतोकान कराते, गोजोरियो कराते, वादोरियो कराते र आयोजक टिम

सहयोगदाताहरुले नेपाल सितोरियो कराते संघ, खोटाङको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिक्तेलमा खोटाङमा रहेको चल्ती हिसाव नं. २०६०००४२३००१ मा सहयोग रकम जम्मा गरी वैंक भौचरको अर्धकट्टी उपलव्ध गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौं । सहयोगीदाताहरुलाई सहयोग रकमको रुप अनुसार प्रतियोगिता समयमा सम्मान प्रदान गरिने छ ।

सम्पर्क नं. : ०३६४२०५९०/९८४२२६०६५६/९८०८९१७५७७/९७४३०३३९१६/९८४२९४२१८२

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post