sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » लोकसेवा तयारी कक्षा समापन

खोटाङ, २६ बैसाख । खोटाङ सदरमुकाम दिक्तेलमा खरिदार पदको परिक्षाकालागि आयोजना गरिएको दुई महिने लोकसेवा तयारी कक्षा समापन गरिएको छ । गत चैत्र–१० गते सुरु गरिएको खरिदार पदको तयारी कक्षा आईतबार समापन गरिएको हो ।

जिल्लाका महिला, जनजाती, दलित र अपांगलाई लक्षीत गरी जिबिसको आर्थिक सहयोगमा आदिबासी जनजाती महासंघले लोकसेवा तयारी कक्षा सञ्चालन गरेको हो । लोकसेवा तयारी कक्षामा लोकसेवा परिक्षाको तयारी गर्दा अपनाउनु पर्ने बिधि, परिक्षामा सोध्न सक्ने सम्भाबित प्रश्नहरु र पाठ्यक्रमका बारेमा जानकारी दिईएको महासंघका कार्यबाहक अध्यक्ष रबिन सुनुवारले बताए ।

दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको तयारी कक्षामा ७० जना बिद्यार्थी भर्ना भएका थिए । जिल्लाका महिला, जनजाती, अपांग र दलित समुदायका परिक्षार्थीलाई लोकसेवा उत्तिर्ण गराउने उद्धेश्यकासाथ महासंघले तीन वर्षयता निरन्तर कक्षा सञ्चालन गर्दैआएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post