sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पिडित आमाछोरीलाई राष्ट्रिय मानव अधिकार आयोगद्धारा उद्धार

खोटाङ, २६ बैसाख ।  खोटाङको सदरमुकाम दिक्तेलस्थित एक  होटलमा काम गर्नेक्रममा कुटपिट र यौन दुव्र्यबहारमा परेका आमाछोरीलाई राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनमा उद्धार गरिएको छ । सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा कार्यरत रहेको अवस्थामा कुटपिट तथा यौन दुव्र्यबहारमा परेका दोर्पाचिउरीडाँडा–८ की महिला र उनकी छोरीलाई आयोगको निर्देशनमा आईतबार उद्धार गरिएको हो । घटना सार्वजनिक भए लगत्तै मिलापत्र गराएर पिडितलाई थप पिडित बनाइएको भन्दै आयोगको टोली र प्रहरीले संयुक्तरुपमा पीडित आमाछोरीलाई कुमारी चलचित्र हल नजिक रहेको डेराबाट उद्धार गरिएको हो । 

गत बिहिबार मिलापत्र गराएर राजधानी पठाउन लागेको जानकारी पाएपछि प्रहरीलाई उद्धार गर्न निर्देशन दिइएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङका प्रमुख झंकरबहादुर रावलले बताए । उद्धार गरिएकी आमाछोरीलाई प्रहरीको संरक्षणमा राखेर अनुसन्धान गर्दै सत्यतथ्य पत्ता लगाउन दिर्नेशन दिइएको रावलले जनाए । ‘संरक्षणमा राखेर अनुसन्धान गर्न आयोगको निर्देशन छ,’ रावलले भने, ‘पिडितले न्याय नपाएको सुनिएको छ, यतार्थ कुरा अनुसन्धानले ल्याउने छ ।’ महिलाको उद्धारकालागि आयोगका प्रमुख रावल, लोकनाथ घिमिरे, लालबहादुर राई लगायतको टोली गएको थियो । यस्तै, प्रहरीकातर्फबाट महिला प्रहरी सहित प्रहरी निरिक्षक सरोज राई पिडितकहाँ पुगेका थिए ।


होटल सञ्चालकमध्येका हरिप्रसाद आचार्य र कबिराज रिजालले कुटपिट गरेको र यौनदुव्र्यबहार गरेको आरोप लगाउँदै पिडित महिलाले गत मंगलबार जिल्ला प्रहरी कार्यालयमा घा जाँज केश फारमकालागि निबेदन दिएपछि घट्ना सार्वजनिक भएको थियो । घरेलु हिंसामा परेर घरबाट निकालिएकी आमाछोरीमाथि गत बैसाख–१४ गते कुटपिट र दुव्र्यबहार भएको महिला अधिकारकर्मीहरुले बताएका छन् । कुटपिट तथा यौन दुव्र्यबहारका घट्नालाई बिहिबार जबरजस्ती मिलाइएको र घट्नालाई ढकाछोप गर्ने खेल भएको पर्दाफास भएपछि आयोगले उद्धार गरेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो । मिलापत्रपछि पिडित महिलाले बयान फेरेका छन् । दुव्र्यबहारपछि होटलबाट महिला अधिकारकर्मीले उद्धार गरेका महिलाले पछिल्लो समय बयान फेरेको बताइएको छ । शनिबार पत्रकार सम्मेलन नै गरेर पिडित महिलाले आफुमाथि दुव्र्यबहार नभएको र घरायसी झगडा मात्र भएको दाबी गरेकी थिइन् । दुव्र्यबहारको विषयमा जानकारी भएपछि बैसाख–१७ गते उनलाई महिला रक्षक सञ्जालकी अध्यक्ष पुर्णकला तामाङ, रेखा राई, निसाना राई, रश्मी रसाइली लगायतको सम्पर्कमा ल्याइएको थियो । उद्धार गरेर राखिएको केही दिनसम्म आफुमाथि दुव्र्यबहार भएको बताउँदै आएकी महिलाले त्यसपछि दुव्र्यबहार नभएको बताउन थालेकी एमाओबादी नेतृ दुर्गाजयन्ती राईले बताइन् । घट्ना सार्वजनिक भएपछि पिडितलाई न्याय दिलाउन लागीपरिरहेकै समयमा प्रलोभनमा परेर घट्नालाई ढाकछोपमा मिलाइएको अधिकारकर्मीको भनाइ छ ।

काठ्माण्डौं माईती भएकी पिडित महिला २०६९ साल मंसिरमा बिवाह गरेर दोर्पाचिउरीडाँडा आइपुगेकी हुन् । श्रीमानले छाडेपछि र परिवारबाट निकालिएपछि उनी दिक्तेलस्थित बालसेवा समाज नेर्पाको संरक्षणमा आइपुगेकी थिइन् ।

घरबाट विस्थापित भएपछि २०७१ साल बैसाख–६ गतेदेखि बालसेवाको संरक्षणमा रहेकी आमाछोरीलाई गत माघ–२३ गतेदेखि होटल शुभदिनमा ज्यालादारी कामदारकारुपमा लगिएको थियो । होटलमा काम सुरु गरेको महिना दिनदेखि नै आचार्यले यौन आशयले जिस्क्याउने, सम्बेदनशिल अंग छुन प्रयास गर्ने, घरभित्र बाहिर गर्दा छुन खोज्दै हिँड्ने गरेको निबेदन पत्रमा उल्लेख छ । घा जाँच केश फारमकालागि पिडितले बैसाख–२१ गते प्रहरीलाई दिएको निबेदनमा रिजालले समेत संबेदनशिल अंग छुन प्रयास गर्ने, यौन प्रस्ताव राख्ने गरेको, तीन वर्ष लागेकी नाबालिका छोरीलाई चलकेट दिएर कोठामा लगेर नाङ्गो बनाएर यौनाङ्ग सुमसुम्याउने र बैसाख–१४ गते यौनाङ्गमा टोकेर घाउ बनाइदिएको उल्लेख छ । होटलमा आएको ग्राहकको मोबाईल चोरेको आरोपमा बैसाख–११ गते राती कोठामा थुनेर कामदार तिलक कार्कीलाई कुटपिट गर्न लगाएर मरणासन्न अवस्था बनाएको बताइएको छ । बालसेवाका पुर्वअध्यक्ष रहेका होटलका प्रबन्धक निर्देशक दिपनारायण रिजालकाे दवाबमा पिडित मिलापत्र गर्न बाध्य बनेको श्रोतले जनाएको छ । ‘दिपनारायणले नै उसलाई हालसम्म आश्रय दिएको हो,’ श्रोतले भन्यो, ‘अप्ठ्यारोमा साथ दिएका कारण उसको कुरा काट्न पिडितलाई अप्ठ्यारो भएपछि मिलापत्र गर्न बाध्य भएकी हुन् ।’ सहमतीमा नआए पुराना कुराहरु निकालेर बेइज्जत गर्नेसम्मको धम्की आएपछि पिडित पछि हटेको श्रोतले जनाएको छ । प्रबन्धक निर्देशक रिजाल, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष दिलकुमारी राई, संगीता राई, सबिता ढकाल, मनिषा राई लगायतको उपस्थितिमा मिलापत्र गराइएको थियो । मिलापत्रमा आपसमा दोषारोपण नगर्ने र कतै सार्वजनिक नगर्ने, कुनै निकायमा उजुरबाजुर नगर्ने, पिडितलाई स्थापित गर्न पहल गर्ने सहमती भएको छ ।

मिलापत्रका कारण पिडित घा जाँच केश फारम गराउन बाहेकका कानूनी प्रक्रियामा जानबाट बञ्चित बनेको नेतृ निसाना राईले बताईन् । घट्नापछि महिला अधिकारकर्मीले प्रहरीमा उजुरी दिनकालागि कागजात तयार पारिसकेका थिए । तर, घट्नाका समयमा जिल्ला बाहिर रहेका होटलका प्रबन्धक निर्देशकको आग्रहमा तत्काल मुद्धा दर्ता नगरिएको अधिकारकर्मीले बताएका छन् । प्रहरीले पीडितको घा जाँच केश फारमकै आधारमा मात्र दोषीलाई कारबाही गर्न नमिल्ने बताएपछि दोषीले उन्मुक्त पाएको अधिकारकर्मीको भनाई छ ।

घटनाको पक्ष बिपक्षमा महिला अधिकारकर्मी बिभाजित
होटलमा कार्यरत महिलामाथि भएको कुटपिट र दुव्र्यबहारको घटनाको बिषयमा जिल्लाका महिला अधिकारकर्मी नै बिभाजित बनेका छन् । ‘दोषीलाई कारबाही गर्नुपर्ने’ र ‘मिलाएर जानुपर्छ’ भन्नेमा महिला नेतृ, महिला अधिकारकर्मी दुई समुहमा बिभाजित बनेका हुन् । पुर्वसभाषद एबं एमाओबादी नेतृ दुर्गाजयन्ती राई, महिला रक्षक सञ्जालकी अध्यक्ष पुर्णमायाँ तामाङ, सचिव मुना थापा, निशाना राई, रश्मी रसाइली खुलेर पिडित महिलाको पक्षमा वकालत गरिरहेका छन् । महिला अधिकारको कुरा गर्दै हिँड्नेमध्येका केही महिला भने यो घट्नालाई मिलाएर जानुपर्नेमा भूमीका निर्वाह गर्दै आएका छन् । ‘दोषीलाई कारबाही हुनुपर्छ भनेर निरन्तर लागी रहन्छौँ,’ सञ्जालकी अध्यक्ष तामाङले भने, ‘मुखले मात्र होईन व्यबहारमा महिला अधिकारको कुरा गर्नुपर्छ ।’ 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post