sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » मृगौला पीडित छात्राको लागि सहयोगको याचना

खोटाङ, ११ जेठ । खोटाङकी दुवै मृगौला फेल भएकी पीडित छात्राको लागि सहयोगको याचना गरिएको छ । जिल्लाका सारदा उच्च माबि खार्पाका कक्षा–१० मा अध्ययनरत दुवै मृगौला फेल भएकी १८ बर्षिया पीडित छात्रा बीना श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको याचना गरिएको हो ।

खार्पा–२ की बिनाको २ महिनाअघिदेखि काठमाण्डौस्थित शिक्षण अस्पतालमा उपचार(डायालाईसिस) भईरहेको बिनाकी दाजु सुजन श्रेष्ठले जानकारी दिनुभयो । निम्न आर्थिक अवस्थाका परिवारकी पीडित श्रेष्ठको उपचारमा हालसम्म ४ लाख खर्च भईसकेको तथा थप उपचारका लागि २० लाख बढी खर्च लाग्ने अस्पतालले जनाएको हुँदा देशबिदेशमा रहने महानुभाबलाई सहयोगको अनुरोध गरिएको अफन्तले जनाएको छ ।

६ बर्ष अघि नै मृगौलमा समस्या देखिएको पीडित श्रेष्ठलाई बिराटनगर लगेर उपचार गराएपछि केही ठीक भएपनि हाल फेरि ठुलो समस्या देखिएको हो । पीडितलाई ४६ बर्षिय बुवा गंगाबहादुर या ५३ बर्षिया आमा तारादेबीले मृगौला दिई प्रत्यारोपण गर्ने सोंच भएको आफन्तले जानकारी दिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post