sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » साकेला उभौलीको शुभकामना आदानप्रदान तीब्र

रामधन राई/ खोटाङ, ७ जेठ । साकेला उभौली तथा यले सम्बत ५०७६ को शुरु भएसँगै खोटाङमा शुभकामना आदानप्रदान तीब्र भएको छ । शनिबारदेखि सुरु हुने महान पर्ब साकेला उभौलीको अवसरमा जिल्लाबासीबीच औपचारिक तथा अनौपचारिक कार्यक्रमको  आयोजना गरी शुभकामना आदानप्रदान तथा खुशियाली मनाउने क्रम तीब्र भएको हो ।

किराती जातीको मात्र चाड मानिँदै आईए पनि जातीय सद्भाब तथा साँस्कृतिक सहअस्तित्व कायम राख्दै पछिल्लो समय सबै जातजाती उभौली चाडको खुशियाली साट्दै शुभकामना आदानप्रदानमा सरिक हुने गरेका छन् । यस्तै, आफन्त,साथीभाई, नरनाता, छरछिमेकबीच पारिवारिक तथा ब्यक्ति–ब्यक्तिबीच पनि शुभकामना आदान प्रदान गर्ने क्रम बढेको छ ।
तस्बिरः अनिल किरातीको फेसबुकबाट

यसैबीच, सांसद पाँचकर्ण (पीके) राईको प्रमुख आतिथ्यमा शुक्रबार एक शुभकामना आदान्प्रदान कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोख्खा जिल्ला कार्य समिति खोटाङको आयोजनामा सदरमुकाम दिक्तेलस्थित यायोख्खाकै हलमा शुभकामना आदानप्रदान तथा सांसद पीके राईलाई सम्मान कार्यक्रम सम्पन्न भएको यायोख्खाका सचिब युग्सन किरातले जानकारी दिनुभयोे । कार्यक्रममा यायोख्खा तथा किरात सेवा समाज, यायोख्खाका भातृ संस्थाहरु किरात राई  कर्मचारी मञ्च, किरात राई पत्रकार संघ, किरात राई साास्कृतिक कलाकार संघ, किरात राई खेलकुद संघ, किरात राई बिद्यार्थी संघ, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समिति, आदिबासी जनजाति बिद्यार्थी संघ लगायतमा आबद्घ ब्यक्तिहरुको उपस्थिती रहेको सचिब किरातको भनाई छ  । शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा सामाजिक संस्था र किरात राई समुदायका बौद्घिक तथा समाजसेवी ब्यक्तिहरुको समेत उपस्थिती थियो ।

उभौलीको अवसरमा शनिबार सदरमुकाम दिक्तेलस्थित यायोख्खाको भवन प्राङगणमा बिधिवत रुपले साकेला शिलीको शुरु गरि ऐतिहासिक मझुवागढीमा गई धुमधाम नाच्ने यायोख्खाले जनाएको छ । शनिबारदेखि शुरु हुने उभौली चाड प्रकृतिपुजक किरातीहरुले भुमि तथा अन्नबालीको पुजा गर्दै एक महिना दिनसम्म मनाउँने गर्दछन् । यसबीचमा नातागोता, ईष्टमित्र, बाउ–माईती, छोरीचेली भेटघाट गर्दै ढोल र झ्याम्टाको तालमा गोलो घेरा भई नाच्ने चलन छ । बर्षको २ पटक उद्यौली र उभौलीमा प्रकृतिमा पाईने बिभिन्न चराचुरुङगी तथा जीब जन्तुको समेत नक्कल गर्दै साकेला शिली नाच्ने गरिएको छ । चराचुरुङगी लेकबाट बेंसीतिर झर्ने या जाडो याममा उधौली र बेंसीबाट लेकतिर जाने समय या गर्मी याममा उभौली पर्ब मान्ने गरिएको जनाईएको छ । अन्नबाली सप्रियोस्, रोग ब्याधी नलागोस्,आपत बिपत नपारोस्, सुब्यफाब्य होस् भन्ने प्रकृतिसँग कामना गर्दै यो पर्ब मनाईन्छ ।

जिल्लाका प्राय सबै किरात बस्तीमा यो पर्ब मनाउँदै साकेला नाच्ने गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post