sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङमा धुमधाम उभौली मनाउन शुरु

रामधन राई/खोटाङ, ८ जेठ । माझ किरात खोटाङमा आज बैशाखे पुर्णेको दिनदेखि धुमधाम साकेला उभौली मनाउन शुरु गरिएको छ ।
बिधिवत रुपमा भुमि तथा अन्नबालीको पुजाआजा गरी सदरमुकाम नजिकै रहेको ऐतिहासिक मझुवागढीलगायत  जिल्लाका बिभिन्न स्थानमा साकेला सिली नाच्न शुरु गरिएको छ । किरात राई जातीको घनाबस्ती रहेको जिल्लामा आजदेखि एक महिनासम्म साकेला सिली नाचेर उभौली मनाउने गरिन्छ ।
। यसबीचमा नातागोता, ईष्टमित्र, बाउ–माईती, छोरीचेली भेटघाट गर्दै ढोल र झ्याम्टाको तालमा गोलो घेरा भई नाच्ने चलन छ । बर्षको २ पटक मंसिरे पुर्णेको दिनदेखि उद्यौली र बैशाखे पुर्णेको दिनदेखि उभौलीमा प्रकृतिमा पाईने बिभिन्न चराचुरुङगी तथा जीब जन्तुको समेत नक्कल गर्दै साकेला शिली नाच्ने गरिएको छ ।
चराचुरुङगी लेकबाट बेंसीतिर झर्ने या जाडो याममा उधौली र बेंसीबाट लेकतिर जाने समय या गर्मी याममा उभौली पर्ब मान्ने गरिएको जनाईएको छ । अन्नबाली सप्रियोस्, रोग ब्याधी नलागोस्,आपत बिपत नपारोस्, सुब्यफाब्य होस् भन्ने प्रकृतिसँग कामना गर्दै यो पर्ब मनाईन्छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post