sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » पाथेकालाई पुर्ण सरसफाई युक्त गाविस घोषणाको तयारी

खोटाङ, २६ बैशाख । खोटाङको पाथेका गाविसलाई पुर्ण सरसफाई युक्त गाविस घोषणाको तयारी शुरु गरिएको छ । पुर्ण सरसफाई उन्मुख पाथेका गाविसको अभियान सञ्चालनका लागि रणनितिक कार्ययोजना निर्माण गर्दै पुर्ण सरसफाई युक्त गाविस घोषणाको तयारी गरिएको हो । बैशाख २४ र २५ गते दुई दिनसम्म सञ्चालन गरिएको सर्वपक्षिय सरोकारवाहरुको सरसफाई योजना तर्जुले रणनितिक योजना तयार गरेको हो ।

गाविसको पाँच वर्षे रणनितिक तयारी योजना अन्तर्गत प्रत्येक घरधुरीले पुर्ण सरसफाई युक्त घरका मापदण्डहरु पुरा गर्नुपर्नेछ । पुर्ण सरसफाई युक्त घरका मापदण्डहरुमा सफाघर आँगन, शौचालयको प्रयोग, सावुनले हातधुने, सुरक्षित पानी, सुरक्षित खाना सहित “पुर्ण सरसफाई युक्त हाम्रो घर, अब छैन कसैलाई रोगको डर” अंकित स्टीकरको प्रयोग ल्याईनुकासाथै नियमित अनुगमन गरिनेछ ।

यस्तै विद्यालय, सस्था, तथा कार्यालयहरुले अनिवार्य सावुन पानीको प्रयोग, महिलाहरुकालागि महिनावारी स्वच्छताका लागि आधारभुत सेवा सुबिधाहरु उपलब्ध गराउनु पर्नेछ । पुर्ण सरसफाई युक्त गाविस घोषणाका लागि रसायणिक मल तथा विषादी प्रयोग नगर्ने, जैविक तथा अजैविक फोहोर अलग अलग व्यवस्थापन गरिनु पर्ने, पानीको परिक्षण, विकास निर्माणको काम गर्दा अनिवार्य वातावरणिय प्रभाब मुल्याङकन (भ्क्ष्ब् र क्ष्भ्भ्) गर्नुपर्ने जस्ता क्रियाकलापहरु सञ्चालन गरिने योजना निर्माणका सहजकर्ता पेम्वा तामाङले जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय खोटाङको सहयोगमा तयार गरिएको पुर्ण सरसफाई रणनितिक योजना स्थानिय राजनितिक दलका प्रतिनिधी, गाँउ सरसफाई समन्वय समिति भिवाससीसी, आमा समुह, महिला स्वास्थ्य स्वयम् सेवीका, विद्यालय, वालक्लवहरु, स्थानिय सस्थाहरुलगायत सरोकारवाला सबै पक्षले तत्काल कार्यन्वयमा लैजाने छ । नव युवा फुलपाती सेवा समाज पाथेका खोटाङको सहजीकरणमा निर्माण गरिएको पुर्ण सरसफाई युक्त रणनितिक योजना गाविस सचिब उमेश बस्नेत, खानेपानी उपभोक्ता महासंघ खोटाङका अध्यक्ष धनप्रसाद गिरी, स्थानिय राजनितिक दलका प्रतिनिधिलगायत सरोकारवाला प्रतिनिधीहरुको उपश्थितीमा तय गरिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post