sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » बन्द भएको बिद्यालयमा अभिभाबकले चलाए बाल शिक्षा

खोटाङ, २२ बैसाख  । खोटाङको दिक्तेल नगरपालिका–६ सोल्मामा बन्द भएको बिद्यालयमा अभिभाबकले बालबिकास केन्द्र सञ्चालनमा ल्याएका छन् । कार्यरत शिक्षकको अनियमितता र अभिभाबककै हेलचक्र्याइका कारण दुई वर्षअघि बन्द भएको बालकन्या प्राबिमा अभिभाबकले बालबिकास केन्द्र सञ्चालनमा ल्याएका हुन् । सञ्चालनमा रहेको बालबिकास केन्द्र बिद्यालय बन्द भएसँगै कटौती भएपछि व्यवस्थापन समिति पुःर्नगठन गरेर बालबिकास केन्द्रलाई सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिका अध्यक्ष पदम पुरीले बताउनुभयो ।
बन्द रहेको भएपछि बालशिक्षा सञ्चालन हुँदैआएको सोल्मास्थित बालकन्या प्राबि ।

श्रोतव्यक्ती झनक थापाका अनुशार बिद्यार्थी संख्या घटेपनि बालकन्यालाई हिमालय निमाबिमा मर्ज गरिएको छ । शिक्षकको अनियमितता र अभिभाबकको चासो नहुँदा बिद्यालय बन्द भएपछि गाउँका बालबालिका घण्टौं हिँडेर अन्य बिद्यालय धाउन बाध्य भए । बालबच्चालाई दैनिक बिद्यालय पु¥याउनु पर्ने र लिन जानुपर्ने बाध्यता आइलाग्यो । कतिपय बालबालिका पढाइबाट बञ्चित हुनुपर्ने अवस्था आयो । त्यही भएर अभिभाबक गाउँमा आफै बालबिकास केन्द्र सञ्चालनमा ल्याउन अघि सरेका हुन् । बन्द भएको गाउँको बिद्यालयमा बालबच्चालाई पढाउने कक्षा सञ्चालन गर्ने अभियानमा दिक्तेल नगरपालिका–६ घर भइ हाल हङकङ रहेका शिक्षासेबी कुमार राईले सहयोगी कार्यकर्तालाई दिने तलव दिन तयार भए । बालशिक्षा सञ्चालनकालागि अभिभाबकले यमुना आचार्य र रमिला बास्तोलालाई सहयोगी कार्यकर्ताकारुपमा नियुक्ती गरेका छन् । दुबै सहयोगी कार्यकर्तालाई शिक्षासेबी राईले विगत वर्षदिनदेखि मासिक ९ हजार तलव उपलव्ध गराउँदैआएका छन् । प्राप्त हुने रकममध्ये मासिक ५ हजार आचार्य र ४ हजार बास्तोलालाई दिनेगरिएको अध्यक्ष पुरीले जनाउनुभयो । ‘बिद्यालय बन्द हुँदा गाउँका बालबच्चा पढ्न पाएनन् भन्ने चिन्ता बढ्यो,’ अध्यक्ष पुरीले भन्नुभयो, ‘फेरी बिद्यालय चलाऔं भनेर लागियो, त्यसमा कुमार राईले तलवकै व्यवस्था गरिदिनुभएपछि हामीलाई ठूलो सहयोग मिलेको छ ।’

आफ्नो बाबुको पहलमा ३३ वर्षअघि स्थापना भएको बिद्यालयलाई जगाउनकालागि कुमारले सहयोगी कार्यकर्तालाई तलवको व्यवस्था गरेको बताउनुभयो । ‘शिक्षाबाट कोही पनि बञ्चित हुनुहुन्न,’ कुमारले भन्नुभयो, ‘त्यही भएर विद्यालय चलाउने अभियानमा आफ्नो श्रमलाई प्रबासबाटै खर्च गरेको हुँ ।’ अभिभाबकले जगाएको बालबिकास केन्द्रमा हाल २७ बालबालिका अध्ययनरत छन् । बालबालिकालाई उनीहरुको क्षमता अनुशार लेभल एक र लेभल दुईमा बाँडेर पठनपाठनको व्यवस्था मिलाइएको छ । बिद्यालय बन्द हुँदा गाउँका बालबच्चा बिद्यालय हिमालय निमाबि र कालिका प्राबि धाउन बाध्य बनेका थिए । अभिभाबक बन्द भएको बिद्यालयलाई क्रमशः सञ्चालनमा ल्याउने सरसतमा छन् ।

बालकन्या प्राबि २०४० सालमा बेलायती सेनाका भुतपुर्ब सार्जन सम्मरबहादुर राईको पहलमा स्थापना थरिएको हो । अम्बरबहादुर हाल शिक्षिकलाई तलव व्यवस्था गर्दैआएका कुमारका पीता हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post