sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » चार बिद्यालयका बिद्यार्थीहरुलाई बैदेशिक रोजगारसम्बन्धी अभिमुखिकरण कक्षा

रामधन राई/खोटाङ, बैशाख–२५, खोटाङस्थित चार बिद्यालयका बिद्यार्थीहरुबीच बैदेशिक रोजगारसम्बन्धी अभिमुखिकरण कक्षा सम्पन्न गरिएको छ । जिल्लाका सारदा माबि हौंचुर, जालपा माबि नुन्थला, जालपा माबि जालपा र चम्पावती उच्च माबि बुइपाका कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुका लागि बिद्यार्थी अभिमुमुखिकरण कक्षा सम्पन्न गरिएको हो ।

सकेसम्म स्वदेशमै रोजगारीको सिर्जना गर्न पे्ररित गरिने बिद्यार्थी अभिमुखिकरण कक्षा फरक– फरक समयमा फरक–फरक बिद्यालयमा सम्पन्न गरिएको जनाईएको छ । बैदेशिक रोजगारमा जान तयार भएकाहरुलाई कसरी सुरक्षित, मर्यादित र भरपर्दो बनाउन सकिन्छ भन्ने बिषयमा सचेतना बिस्तार गर्ने उदेश्यले सुरक्षित आप्रवासन परियोजना(सामी) को बिद्यालय तथा आम सञ्चार कार्यक्रम अन्र्तगत कक्षा सञ्चालन गरिएको हो । बालसेवा समाज नेपाल, नेर्पा र सामीको साझेदारीमा सञ्चालित बिद्यालय तथा आम सञ्चारअनर्तगत अभिमुखिकरण कक्षाको सहजिकरण बिद्यालय तथा आम सञ्चार कार्यक्रमका सामाजिक परिचालक लीला निरौला तथा जनसेवा समाज नेपाल, जालपा र सामीको साझेदारीमा सञ्चालित सुचना केन्द्रका सन्तोष राई र सन्तोष राईले नै गर्नुभएको थियो ।

अभिमुखिकरण कक्षामा बिद्यार्थीको घुईंचो लागेको सामाजिक परिचलक लीला निरौलाले  जानकारी दिनुभयो । अधिकांश बिद्यालय तहका बिद्यार्थी नै बैदेशिक रोजगारीको सोंच बनाउने हुनाले उनीहरुलाई अभिमुखिकरण कक्षा दिईएको जनाईएको छ । कक्षा ९ र १० का बिद्यार्थीले परिवारलाई समेत सल्लाह दिन सक्ने भएकाले पनि यस्तो कक्षा प्रभाबकारी बन्ने सामीको धारणा छ ।

यसैबीच, उक्त चार गाबिस जालपा, हौंचुर, नुन्थला र बुइपास्थित एमआरपीसी (आप्रवासी हक हीत केन्द्र )सँगको अन्र्तक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post