sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » प्रेसर कुकर पड्किदा एक बालिका गम्भीर घाइते

खोटाङ, ११ जेठ । खाना पकाउनेक्रममा प्रेसरकुकर पड्किदा खोटाङमा एक बालिका गम्भीर घाइते भएकी छन् । आफ्नै घरको भान्छा कोठामा खाना पकाउँदै गरेकी बुइपा–५ की १३ वर्षीया बालिका निशा श्रेष्ठ गम्भीर घाइते भएकी हुन् ।

घाइते बालिकाको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि मङ्गलबार काठमाडौं रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । पड्किएको प्रेसरकुकरले लाग्दा निशाको ठाउको लगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको जनाइएको छ ।

खाना पकाउनेक्रममा सोमबार बेलुका प्रेसरकुकर पड्किएको आफन्तले बताएका छन् । उनी अहिलेसम्म बेहोस अवस्थामा रहेकी बुबा रामकुमार श्रेष्ठले बताउनुभयो ।

घाइते बालिकाको थप उपचारका लागि मङ्गलबार काठमाडौं लगिएको पारिवारिक स्रोतले जनाएको छ । घाइते निशालाई मङ्गलबार बिहान जिल्ला अस्पताल खोटाङमा उपचारका लागि भर्ना गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post