sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » चट्याङ पर्दा शिक्षिक शिक्षिका सहित ७ घाईते

खोटाङ, असार १
 बिद्यालयमा चट्याङ पर्दा खोटाङमा शिक्षिक शिक्षिका र बिद्यार्थी सहित ७ घाईते भएका छन् । बिद्यालय लागीरहेको समयमा बुधबार दिउँसो परेको चट्याङले दिक्तेल नगरपालिका–९ स्थित मेरीगोल्ड बोर्डिङ स्कुलकी शिक्षक २० वर्षीय सविन कार्की, शिक्षीका ३२ वर्षिय अप्सरा थापा, ३३ वर्षिया देवि थापा र २६ वर्षिय शिक्षिका मीना पाण्डे घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए ।
चट्याङका कारण छात्रा १० वर्षीय एलीसा थापा, ३ वर्षिय गौरव थापा र अविभावक ३१ वर्षिय चन्द्र थापा घाईते भएका छन् । घाईतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । घाईतेमध्ये बालक गौरबको अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post