sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » श्रीमतिलाई बलात्कार गर्दा तीन बर्ष कैद तथा २५ हजार जरिवाना

असार ६ । ओखलढुंगामा श्रीमती बलात्कारका आरोपितलाई ३ वर्ष कैद र २५ हजार जरीवाना तोकिएको छ । आफुलाई जबरजस्ती बलात्कार गरेको भन्दै श्रीमतीले दिएको जाहेरीलाई सुनुवाइ गर्दै ओखलढुंगाका जिल्ला न्यायधीश उद्धवप्रसाद भट्टराईको इजलासले च्यानम गाविस ८ का २९ वर्षीय नारायणबहादुर वस्नेतलाई सो सजायको आदेश दिएको हो ।

 अदालतको आदेशले आरोपित यस अघि पुर्पक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपककुमार शाहले जानकारी दिनुभयो । उजुरीमा श्रीमान्ले मादक पदार्थ सेवन गरी कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गर्ने गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाको भनाई छ । पीडितले ०७२ चैत १५ जवरजस्ती करणी गरेको जाहेरी परेपछि प्रहरीले आरोपितलाई पक्राउ गरि चैत १८ गते जवरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

ओखलढुंगामा श्रीमान्लाई श्रीमतीमाथि बलात्कार आरोपमा मुद्दा दर्ता भई सजाय भएको पहिलो पटक हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post