sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सिँचाई सुबिधा नभएको खेतमा रोपाई

खोटाङ १५ असार ।
 खोटाङमा ‘उर्बर तर आकासे पानीको भरमा रोपाई हुने’ खेतमा धान रोप्दै धान रोपाई दिवस मनाइएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को अगुवाईमा बुधबार बतासे ८ ईजारामा सिँचाईकालागि पानीको श्रोत नभएको निपाने खेतमा धान रोप्दै १३ औं धान दिबस मनाइएको हो । 

धान उत्पादनका दृष्टिले उर्बर मानिने ईजाराका स्थानीय किसान बच्चु खत्रीको १० पाथी, मुरारी भुजेल, कुमार भुजेल र नरबहादुर प्रधानको ५÷५ पाथीको बीउ रोपेर धान दिवस मनाइएको हो । जिल्लाकै उर्वर खेत भएपनि आकासे पानीको भरमा रोपाई हुने क्षेत्रलाई छनौट गरेर सामुहिकरुपमा किसानसँग रोपाई गरिएको कांग्रेस क्षत्रीय सभापति तिर्थ भट्टराईले बताए । बतासेको ईजारा धान उत्पादनकालागि जिल्लामै उर्बर थलो मानिन्छ । तर, सिँचाई सुबिधा नहुँदा सो स्थानमा हरेक वर्ष आकासे पानीको भरमा रोपाई हुने गरेको छ । ईजाराका किसान आकासे पानी पर्नासाथ रोपाईका लागि आ”आफ्नो खेत पुग्ने गरेका छन् । नेता तथा कार्यकर्ताले पनि सिमसिन पानीमा भिज्दै किसानको खेतमा रोपाई गरेका हुन् । 

पुर्खाको पालामा सामुहिकरुपमा खेतीपातीका काम गर्ने प्रचलन रहेपनि हाल त्यो प्रचलन हराएकाले पुःन सामुहिकरुपमा काम गर्ने बानीको बिकासमा ९७ जनाको सहभागीतामा रोपाई गरिएको हो । सामुहिक रोपाईकालागि छितापोखरी, सछितापोखरी, खाल्ले, छोरम्बु लगायतका कांग्रेस कार्यकर्ता बतासे पुगेका थिए । उनीहरुले पञ्चेबाजा र असारे गीतमा नाचगान गर्दै धान रोपेका छन् । ‘कांग्रेस क्षेत्रीय समितिको अभियान, कांग्रेससँग गाउँघरका किसान’ भन्ने नारासहित कांग्रेसले रोपाई गरेको हो । जिल्लाको १३ हजार ५१७ हेक्टर क्षेत्रमा बा¥है महिना सिञ्चित सुबिधा भएपनि १ हजार ६८५ हेक्टर क्षेत्र अकाशे पानीको भरमा सिँचाई गर्ने गरिएको छ । 

जिल्ला कृषि बिकास कार्यालय खोटाङले पनि दिक्तेल नगरपालिका”३ स्थित अजम्बरी कृषि सहकारी संस्थाको ३ रोपनी खेतमा धान रोप्दै धान दिबस मनाएको छ । आली लगाउने, बाउसे गर्ने, हिलाउने, धान रोप्ने, हिलो छ्याप्ने, असारे गीत गाउने र दही–चिउरा खाँदै दिबस मनाइएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताए । पछिल्लोे समय हिलोको होली खेल्दै रोपाई दिबस मनाउने प्रचलन बढ्दो छ । राजनैतिक दल, सरकारी तथा गैर”सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, किसान लगायत हिलोको होली खेल्दै रोपाईमा सामेल भएका छन् । ‘व्यवसायीक धान खेतीको आधार, सामुदायीक नर्सरीको बिस्तार’ भन्ने नारासहित रोपाई दिबस मनाइएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post