sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङका अध्ययन भ्रमण टोली ईलाममा

असार १४
विकसित ठाउँको बिकास निर्माणको सिको गर्नकालागि अध्ययन भ्रमणमा निस्किएको खोटाङका टोलीले जिल्ला बिकास समिति ईलाम, ईलामका राजनैतिक दल र स्थानीय शान्ति समितिका प्रतिनिधिसँग अन्तरक्रीया गरेको छ । 
बिकासको बिधि र पद्धतिका विषयमा अध्ययन गर्न पुगेको टोलीलाई जिबिस ईलामका योजना तथा अनुगमन प्रशासकीय अधिकृत छबिलाल खतिवडाले ईलामको कृषिको व्यवसायीकरण, पर्यटन बिकास, भौतिक बिकासका विषयमा जानकारी गराएका छन् । आईतबार ईलाम जिबिसको हलमा आयोजित कार्यक्रममा योजना तथा अनुगमन प्रशासकीय अधिकृत खतिवडाले पर्यटन, कृषिको औधोगीकरणकै कारण जिल्लाको आर्थिक संबृद्धि सम्भव भएको जानकारी गराए । 
बिकसित जिल्ला र ठाउँको बिकास निर्माणको अवस्था र बिकासको सिस्टमका बिषयमा जानकारी लिएर अनुसरणकालागि रणनैतिक योजना निर्माणमा हिँडेको खोटाङका टोली सिक्किम, दार्जिलीङ, मिरिक लगायतको भ्रमणपछि ईलाम आईपुगेको थियो । अध्ययनभ्रमणकाक्रममा सम्भावना भएपनि खोटाङमा सिर्जनात्मक तरिकाले बिकास निर्माण गर्न नसकिएको टोलीको निष्कर्ष छ । ईलाममा पुर्वजिबिस सभापतिद्धय बिष्णुकुमार राई र पर्शुराम कार्की, शान्ति समितिका संयोजक श्यामराज राई, एमाले अध्यक्ष बबी चामलीङ, खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष तुलसी खम्बू लगायतले बोलेका थिए । उनीहरुले हलेसीको दर्शन र भ्रमणकालागि ईलामेलीलाई निम्तो दिएका छन् । ईलामका राजनैतिक दलका तर्फबाट एमाओबादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्माले मन्तव्य राखेका थिए । कार्यक्रममा जिबिस खोटाङकातर्फबाट योजना अधिकृत रबिकिरण आचार्यले ईलामका योजना तथा अनुगमन प्रशासकीय अधिकृत खतिवडालाई हलेसीको तस्बिर र जिबिसको पुस्तक उपहार स्वरुप प्रदान गरे । असार–७ गते जिबिसको आयोजनामा हिँडेको टोलीले तीन दिनसम्म सिक्किम, दार्जिलीङ, मिरिक लगायतको बिकास निर्माणको विषयमा जानकारी लिएका थिए ।  
टोलीले सिक्किमको हाइड्रोपावर, अर्गानिक खेती, व्यवस्थित शहरीकरण, सडक निर्माण, धार्मिक पर्यटन लगायतका बिषयमा अध्ययन गरेको छ । महात्मागान्धी मार्ग, मेन रोड, चुक्लाकखाङ गुम्बा, छोगेल दरबार, सुपरमार्केट, पुस्तकालय, रोपवे, नाम्ग्याल ईन्स्टिच्यूट लगायतका स्थान अवलोकन गरिएको छ । केन्द्रबाट आएका नेताहरुसँग बैठकमा व्यस्त भएका कारण सिक्किमका मूख्य मन्त्री पवन चामलीङसँग भने टोलीको भेट हुन सकेन । मूख्यमन्त्री चामलीङसँग भेट नभएपनि उनका पिआरओसँग भेटघाट तथा छलफल गरिएको थियो । 
सिक्किमबाट शुक्रबार साँझ दार्जिलीङ आइपुगेको टोलीले शनिबार टाइगरहिल, चिया बगान, चिडियाखाना, संग्रहालय लगायतका स्थान अध्ययन अवलोकन गरेको छ । यस्तै, मिरिक र सो स्थानका पर्यटकीयस्थलको अवलोकन गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post