sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » दिक्तेलमा नियमित विद्युत आपूर्तिको माग

खोटाङ, असार २ । जिल्लामा बिद्युत नियमित नआएको भन्दै उद्योग बाणिज्य संघ खोटाङले बिरोध जनाएको छ ।
लोडसेडिङ नभएको समयमा समेत बिद्युत नियमित नआउँदा जिल्लाका सर्वसाधारण मारमा परेको भन्दै बाणिज्य संघले बिरोध जनाएको हो । नियमित बिद्युत नआएको असन्तुष्टीमा संघले नेपाल बिद्यूत प्राधिकरण शाखा दिक्तेलमा ज्ञापनपत्र बुझाउँदै विद्युतलाई नियमित गराउन ध्यानाकर्षण गराएको छ । बिद्युत आउनुपर्ने समयमा पनि बिद्युत नआउँदा बिद्युत प्राधिकरणले आवश्यक पहलकदमी नगरेको, बिद्युतका बिषयमा जानकारी लिन टेलीफोन गर्दा फोन नलाग्ने बनाएर सर्वसाधारणलाई सुचनाबाट बञ्चित गराएको, कर्मचारीले बिद्युतमा आएको समस्यका बिषयमा सही र स्पष्ट नबताउने गरेकाले बिद्यूत प्राधिकरणको ध्यानाकर्षण गराउनु परेको बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए ।

बिद्यूत नियमित नआउँदा जिल्लाका व्यवसायी, निर्माण व्यवसायी, सरकारी तथा गैर–सरकारी संघ संस्था, पत्रकार तथा आम जनजीवनमा प्रत्यक्ष असर पुगेको संघले जनाएको छ । बिद्युत नियमित नहुँदा बढ्दैगएको आक्रोश प्राधिकरणमाथि खनिने सम्भावना बढेकाले सेवामा सुधार गर्न ध्यनाकर्षण गराइएको ज्ञापनपत्रमा उल्लेख छ । 

जिल्लामा दुई महिना यता नियमित बिद्युत आउन सकेको छैन । बुईपामा सब–स्टेशन निर्माण गरेर दिक्तेल–गाईघाट ११ केभीलाई ३३ केभीमा अपग्रेड गरिएपछि बिद्युत नियमित आउने भनिए पनि त्यस विपरित भएको बाणिज्य संघका उपाध्यक्ष समुन्द्रप्रसाद जोशीले बताए । सहजरुपमा बिद्युत प्रबाहको व्यवस्थाकालागि संघले प्रशासन, दल, जिबिस, पत्रकार महासंघ लगायतलाई बोधार्थ दिएको छ । नियमित र सहजरुपमा बिद्युत सेवामा सुधार नल्याए स्वयं बाणिज्य संघ आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post