sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » ‘चाख्नेले नै सिध्याउँछन् लिची’

खोटाङ - खोटाङमा बेलाभन्दा अगाडि पाक्ने लिचीले राम्रो मूल्या पाइरहेका छन् । जिल्लाको कुभिन्डे, हौंचुर र खार्पामा उत्पादन हुने अघौते ९बेलाभन्दा अघि पाक्ने प्रजाती०का लिचीले स्थानीय हाटबजारमा राम्रो मूल्या पाइरहेका छन् । बिशेषगरी असार मसान्ततिर लिची पाक्ने गरेपनि यी गाबिसका किसानको बगानमा लगाइएको लिची जेठमै पाक्ने गरेको छ । समयभन्दा अगावै पाकेर बजारमा आउने लिचीलाई ग्राहकले ‘चाख्न’कैलागि भएपनि किन्ने गरेको कुभिन्डे–६ की लिची किसान मैना रानामगरले बताइन् । 

प्रायः असार मसान्ततिर पाक्ने लिची जेठ पहिलो हप्तादेखि नै जिल्लाका बजारमा आउन थालेका छन् । 
कुभिन्डे, हौंचुर र खार्पाको बेँसी क्षेत्रमा लगाइएको लिची चाँडो पाक्ने प्रजातीका भएकाले समय अगावै बजार ल्याइएको रानामगरले बताउँछिन् । बेलाअघि पाक्ने लिचीले अन्य बेलाको लिचीलेभन्दा राम्रो मूल्या पाउने गरेको किसानको अनुभव छ । चाख्नकालागि ग्राहकले लिचीलाई आफुले तोकेको दाम हाल्ने गरेको उनीहरुको भनाइ छ । बोटमा कम्तीमा ८० रुपैयाँमा एक सय वटाका दरले ठेग्न पाइने लिची बजारमा पु¥याएपछि प्रतिवटा कम्तीमा दुई रुपैयाँका दरले बिक्री हुने गरेको कुभिन्डे–६ की रिता मगरले बताइन् । जिल्ला कृषि बिकास कार्यालय खोटाङका अनुशार अर्ली भेराइटिज ९शुरुमा पाक्ने प्रजाती० का लिची छिटो बजारमा आउने गरेका हुन् । मिड भेराइटिज ९मध्ये समयमा पाक्ने० र लेट भेराइटिज ९अन्तिम समयमा पाक्ने० लिची ढिलो बजारमा आउने गरेको छ । असार मसान्ततिर पाक्ने माथिल्लो क्षेत्रका लिची भने साउनसम्म बजारमा आउने गरेको कार्यालयले जनाएको छ । 
जिल्लाको कुभिन्डे, हौंचुर र खार्पामा व्यवसायीकरुपमा उत्पादन हुने लिची किसान आफैले डोकोमा बोकेर बजार ल्याउने गरेका छन् । दिक्तेल नगरपालिकामा लाग्ने शनिबारे र बुधबारे हटिया बाहेक दिक्तेल बजारका किरात चोक, पुरानो बेसक्याम्प, त्रिबेणीचोक लगायतका स्थानमा दैनिकजसो लिची किनबेच भइरहेका छन् । हिजोआज दिक्तेल बजारमा डोकोभरी लिची बिक्री गर्न आउने महिला र पुरुषको भीड देख्न सकिन्छ । राम्ररी पाक्ने बेलासम्ममा लिचीको भेट्नोमा किरा पर्ने भएकाले पनि लिची टिप्न हतारो गर्नुपरेको लिची किसानको भनाई छ । कुभिन्डे, हौंचुर र खार्पा लगायतका ठाउँमा उत्पादन हुने लिची गाउँकै स्थानीयले ठेगेर बजार पु¥याउने गरेका छन् । एक जनाले एक पटकमा हजारभन्दा बढि लिची बजार पु¥याउन सकिने उनीहरुको भनाई छ । कतिपय कृषकले भने आफैले लिची बजार पु¥याउने गरेका छन् । जिल्ला बाहिरबाट लिची आयत नहुने भएकाले स्थानीय लिची व्यवसायीले वर्षमा एक पटक राम्रो आम्दानी लिने गरेका छन् । 
जिल्ला कृषि बिकास कार्यालयका प्राबिधिक सहायक रामभक्त अधिकारीका अनुशार जिल्लामा लिचीको उत्पादन दर वर्षेनी बढ्दो छ । गत आर्थिक वर्ष १ हजार १२५ मेट्रिक टन लिची उत्पादन भएको जिल्लामा यसवर्ष १ हजार २ सय मेट्रिक टन लिची उत्पादन हुने कृषि कार्यालयको अनुमान छ । कुभिन्डे, हौंचुर, खार्पा, याम्खा, दोर्पाचिउरीडाँडा, नेर्पा, खाल्ले, डुम्रेधारापानी, पाथेका, लामीडाँडा, राजापानी, विजयखर्क, हलेसी लगायतका २५० हेक्टर क्षेत्रफल लिची उत्पादनकालागि योग्य मानिएपनि हाल १५० हेक्टर क्षेत्रफलमा मात्र लिची उत्पादन हुने गरेको प्राबिधिक सहायक अधिकारीको भनाई छ । कम मेहनतमै राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समयमा जिल्लाका किसान लिचीको व्यवसायीक खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाको सल्ले, अर्खौले, खाल्ले, डम्बर्खुशिवालय, मात्तिम, रतन्छा, बुईपा, इन्द्रेणीपोखरी, बतासे, दुबेकोल, छोरम्बु, डुम्रेधारापानी, च्यास्मीटार, डिकुवा लगायतका किसानले समेत लिची खेती लगाउन थालेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post