sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » थुनुवाको मृत्यु प्रकरणका दोषीमाथिको कारबाहीका बिषयमा जानकारी लिन उजुरी

खोटाङ, असार ५ । प्रहरीको यातनाबाट तीन वर्षअघि ज्यान गुमाएका थुनुवा खोटाङमा पाथेका–२ का १८ वर्षीय किरण राई ‘भुदेउ’को आफन्तले ‘दोषी प्रहरीमाथिको कारबाही तथा पिडितलाई उपलव्ध गराइने क्षतीपुर्ती’का बिषयमा जानकारी मागेको छ ।
 जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको अवस्थामा यातनाबाट २०७० साल असार–२६ गते ज्यान गुमाएका भुदेउका आफन्तले दोषी प्रहरीमाथि कारबाही नभए नभएको तथा पिडित परिवारलाई क्षतीपुर्ती दिनमा भइरहेको ढिलाइका बिषयमा हालसम्म जानकारी नदिएको भन्दै जानकारी माग गरेको हो । मृतकका काका रञ्जीव राईले थुनुवाको मृत्यु प्रकरणमा कारबाहीको अवस्थाका बिषयमा जानकारी लिन सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुशार आईतबार जिल्ला हुलाक कार्यालयमार्फत गृह–मन्त्रालयका सूचना अधिकारीलाई उजुरी दिएका छन् ।
भुदेउ ज्यान मारेको अभियोगमा २०७० साल जेठ–२८ गते पक्राउ परेपछि हिरासतमा राखिएको थियो । घट्ना घटेको लामो समय बित्दा समेत दोषी ठहराइएका प्रहरीमाथि कारबाही भए–नभएको, हालसम्म पिडित परिवारले क्षतीपूर्ती नपाएका कारण यसका विषयमा जानकारी लिन सूचनाको हकलाई उपयोग गर्नुपरेको काका रञ्जीवले बताउनुभयो । यसका विषयमा बैसाख–२० गते जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र पठाएर गृहमन्त्रालयबाट जवाफ माग्दा सुनुवाई नभएकाले पिडित परिवारलाई सूचनाको हकको साहरा लिनुपरेको हो ।
प्रहरी हिरासतमा राखिएको अवस्थामा यातनाबाट भुदेउको मृत्यु भएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गर्दै दोषी प्रहरीलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेपनि कार्यान्वयन नभएको मृतकका बुवा बुद्धीबहादुरले बताउनुभयो । आयोगले पिडित परिवारलाई क्षतीपुर्ती दिनकालागि गरेको सिफारिस समेत हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालिन प्रहरी नायब उपरिक्षक राजीव बस्नेत, प्रहरी निरिक्षक रमेश देव लगायत ११ प्रहरीलाई आयोगले कारबाहीकालागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सिफारिस गरेपनि हालसम्म कारबाही नभएको पिडित पक्षको भनाई छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post