sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » तरुण दल खोटाङको सभापतिमा भीषण

खोटाङ, जेठ २६ । नेपाल तरुण दल खोटाङको सभापतिमा भीषण राई सर्वसम्मत चयन भएका छन् । मंगलबार कांग्रेस महामन्त्री शशांक कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न चौथो अधिबेसनले राईलाई तरुण दलको अध्यक्षमा चयन गरेको हो । 
तरुण दलको २१ सदस्यीय जिल्ला समितिको उपसभापतिमा काजीमान राई, सचिवमा कबिन राई र कोषाध्यक्षमा रुपेन्द्र राई छानिएको कांग्रेस जिल्ला सदस्य समिर राईले जानकारी दिए । क्षेत्र नम्बर १ बाट बीरबल राई र क्षेत्र नम्बर २ बाट जोशीचन्द्र राई तरुण दलको जिल्ला सदस्य छानिएका छन् । सह–सचिव सहित अन्य सदस्य पछि मनोनित गरिने तरुण दलले जनाएको छ । 
अधिबेसनले राजेन्द्र राई र देबीकुमारी राई केन्द्रीय पार्षद छानेको छ । सचेन्द्रसिं ठकुरी, बिजय गुरुङ, देबीकला राई, पविता बञ्जरा, राजकुमार बिश्वकर्मा, रुपेन्द्र राई लगायत केन्द्रीय प्रतिनिधि छानिएका छन् । उमेशचन्द्र राई तरुण दलको क्षेत्र नम्बर १ को सभापति र सुरेश राई क्षेत्रनम्बर २ को सभापति चयन भएको जनाइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post