sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ट्याक्टर दुर्घटनामा एकको ज्यान गयो

खोटाङ ३ असार । ट्याक्टर दुर्घटनामा खोटाङमा एकजनाको ज्यान गएको छ । बुधबार रावा खोलाबाट कुभिण्डेतर्फ जाँदै गरेको ना ४ त ४९१५ नम्बरको ट्याक्टर कुभिण्डे–५ हरमटारमा पल्टिदा डुम्रेधारापानी–५ का १३ वर्षीय बीरबहादुर श्रेष्ठको घट्नास्थलमै ज्यान गएको हो ।

सडकबाट अन्दाजी २० मिटर तल खसेको ट्याक्टरले किच्दा श्रेष्ठको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बिद्यानन्द माझीले बताउनुभयो ।

ट्याक्टरको सहचालककारुपमा काम गर्न सुरु गरेको हप्ता दिन नबित्दै श्रेष्ठको दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा ट्याक्टर चालकसहित ४ जना घाईते भएको स्थानीय सिताराम अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post