sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » कांग्रेस क्षेत्रीय सभापतिको घरमा आगलागी

खोटाङ, जेठ २७ । नेपाली कांग्रेस खोटाङ क्षेत्र नम्बर–२ का सभापति तिर्थराज भट्टराईको घरमा आगलागी भएको छ । क्षेत्रीय सभापति भट्टराईको दोर्पाचिउरीडाँडा–७ ओखरबोटेस्थित घरमा बुधबार राती आगलागी भएको हो । घरमा आमा र श्रीमती मात्र बसेको बेलामा घरमा आगलागी भएको हो । हालसम्म आगलागीका कारण खुल्न नसके पनि घट्नालाई शंकास्पद मानिएको छ । 

घरको तल्लोपट्टीको पेटीमा थुपारिएको दाउराको थुप्रोबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए । घरमा आगो सुरु हुनासाथ स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका कारण ठूलो क्षती हुनबाट जोगिएको छ । आगोबाट भट्टराईको घरको बरण्डा, ढोका, झ्याल जलेर नष्ट भएको स्थानीय नारद आचार्यले बताए । आगलागीका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
पुर्वाग्रही र अपराधिक मनसायले आफु घरमा नभएको मौकामा घरमा आगजनी गरिएको पिडित भट्टराईको भनाई छ । दाउराको थाकबाट आगो सुरु हुने कुनै माध्यम नभएका कारण उनको घरमा आगजनी नै भएको हुनसक्ने छिमेकीको अनुमान छ । 
यस्तै, बिहिबार दिउँसो खार्पा–७ का धनबहादुर राईको घर समेत आगलागीमा नष्ट भएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post