sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» »Unlabelled » जंगली च्याउले एकै परिवारमा १ को निधन, चार गम्भीर बिरामी

काठमाडौं २६ जेठ
जंगली च्याउ तरकारीका रुपमा खाँदा खोटाङ च्यानडाँडा एक सेखुवाका एकै परिवारका पाँच जना सिकिस्त बिरामीमध्ये एकको निधन भएको छ ।
बिरामीमध्ये पाटन अस्पतालमा उपचारत अनिता राईको निधन भएको हो । पाटनमै उपचाररत तारा राईको अवस्था पनि गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् । उनको आईसियूमा उपचार भईरहेको छ ।
धापाखेलस्थित सुमेरु हस्पिटलमा उपचाररत तीन जनाको अवस्था भने केही मात्रामा सामान्य रहेको छ । त्यहाँ उपचाररत दुई जना सामान्य बोल्न सक्ने अवस्थामा रहेका छन् । दुईमध्ये एकको अवस्था भने अलिक गम्भीर रहेको छ । समुेरु हस्पिटलका डाक्टर कमल थापाले च्याउको असर कलेजोमा एकैदिन नभएर विस्तारै गम्भीर तरिकाले पर्ने भन्दै सुधारको सेन्ट्रम आउन ७/८ दिन कुनुपर्ने भएकाले सामान्य नै भन्न नसकिने र ७/८ दिनमा मात्र सुधार भएको नभएको भन्न सकिने हाम्रोखोटाङ डटकमलाई बताए ।
सुमेरु हस्पिटलमा रामबहादुर राई, राममाया राई र  रुकमान राईको उपचार भईरहेको छ । उनीहरु सबैलाई आईसियूमा राखेर उपचार गरिदैंछ ।
घर नजिकैको जंगलमा पाइएको च्याउ शुक्रबार बेलुका परिवारका सदस्यले खाँदा बिरामी परेकाहरुको आइतबार मात्रै उपचार सुरु गरिएको थियो । च्याउ खाएर बिरामी परेर उनीहरुले छिमेकीहरुलाई खबर समेत गर्न नसक्दा अरुले थाहा नपाउँदा उनीहरुको हस्पिटलमा ल्याएर तत्काल नै उपचार सुरु समेत हुन नसकेको हो । अन्य बस्ती भन्दा केही एकान्त ठाउँमा मात्रै बस्ती रहेको परिवारका सदस्यले च्याउ खाएका थिए ।

शुक्रबार साँझदेखि एकै परिवारका पाँचै जना गम्भीर बिरामी भएको आइतबार थाहा पाउन साथ हेलिकप्टरमार्फत आइतबार नै उनीहरुलाई काठमाडौं ल्याइएको थियो । घटनास्थलबाट कच्ची सडकमार्गमा करिब साढे २ घण्टामा सदरमुकाम दिक्तेल लैजान सकिने भएपनि सिकिस्त बिरामी भएकाले उनीहरुलाई हेलिकप्टरमार्फत सिँधै काठमाडौं ल्याइएको हो ।

सामान्य परिवारका सबै सदस्य सिकिस्त परेसँगै महंगो औषधी चलाउनुपर्ने र आईसियूमा राखेर उपचार गर्नुपर्दा आफन्तमा  उपचार खर्च कसरी जुटाउने भन्ने पिरलो समेत बढ्न थालेको छ । बिरामीका एक आफन्तले ३ लाख भन्दा बढी खर्च भईसकेको बताए । बिरामीका आफन्तले बिरामी सामान्य परिवारको भएको र उपचार खर्च पनि सकिसकेकाले सहयोगका लागि आग्रह समेत गरेका छन् ।

यसैबिच, खोटाङ क्षेत्र नम्बर दुईका सांसद विशाल भट्टराईले मंगलबार पाटन हस्पिटल र सुमेरु हस्पिटलमा पुगेर बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले राज्य तहबाट आर्थिक सहयोग जुटाउन आफूले सहयोग गर्ने बताएका छन् । मंगलबार नै सांसद भट्टराई, एमाले केन्द्रिय सदस्य राजन राईसहितको टोलिले स्वास्थ्यमन्त्रालयमा बिरामीको उपचार खर्चमा सहयोग गरिदिन आग्रह गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post