sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » फूटबल खेललाई केन्द्रसँग जोड्न तदर्थ समिति गठन

खोटाङ ५ असार । जिल्लालाई फूटबल खेलको क्षेत्रमा केन्द्रसँग जोड्नका लागि खोटाङमा जिल्ला खेलकुद सङ्घ तदर्थ समिति गठन गरिएको छ । जिल्लामा क्रियाशील स्पोर्टस् क्लवका प्रतिनिधिहरुको भेलाले सोल्मा स्पोर्टस् क्लव सोल्माका अध्यक्ष ध्रुवविक्रम राईको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।
दिक्तेलस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार बसेको खेलाडीहरुको भेलाले बाक्सिला फूटबल बाक्सिलाका अध्यक्ष समिर राई र खोटाङ फूटबल एकेडेमी दिक्तेलका सचिव कृष्णकुमार श्रेष्ठलाई उपाध्यक्ष बनाएको छ । समितिको महासचिचवमा रुपाकोट फूटबल क्लवका अध्यक्ष भीम राई महासचिचव, बुइपा एघार खेलकुद सङ्घका सचिव ओमप्रकाश घिमिरेलाई सचिव र नुनथला फूटबल क्लवका अध्यक्ष उद्धव राईलाई कोषाध्यक्षमा चयन गरेको छ ।
जिल्लामा दर्ता भएका १५ वटा क्लवका पदाधिकारी सहभागी तदर्थ समितिको सल्लाहकारमा नूरकाजी सैंजू संयोजक, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माइतीराज राई, माटीकोरे खेलकूद क्लवका सल्लाहकार, भवनगैरा फूटबल क्लवका सल्लाहकार र समाजसेवी भिषण राई सल्लाहकार सदस्य बनेका छन् । तदर्थ समितिले नेपाल फूटबल एशोसियन (एन्फा)को समन्वयमा जिल्लामा फूटबल खेलको विकास गरिने नव गठित समितिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post