sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » कतारमा ज्यान गुमाएका मृतक परिवारलाई साढे ८९ हजार आर्थिक सहयोग

असार १४ । खोटाङ सेवा समाज दोहा कतारले खोटाङ जिल्ला दिक्तेल नगरपालिका १३ खाल्ले निवासी मृतक लालबहादुर श्रेष्ठ परिवारलाई गत २३ जुन २०१६ का दिन नेपाल पत्रकार महासघको केन्द्रिय कार्यलय काठमाडौं सिनामंगलस्थित एक कार्यक्रम गरि ८९ हजार ६८४ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सहयोग रकम हस्तान्तरण गरिदैं ।
कतारको चाइना हर्बो कम्पनीमा बिगत ३ बर्ष पहिले देखि काम गर्दै आएका लाल बहादुर श्रेष्ठको गत ५ फेब्रुवरी २०१६ का दिन काम गर्ने स्थल रोडमा तीब्र गतिमा गुडिरहेको बसले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको थियो ।

आर्थिक सहयोग रकम खोटाङ सेवा समाज दोहा कतार द्वारा संकलन गरि सस्थाका सचिबालय सदस्य प्रशुराम श्रेष्ठ (पवन) को सयोजत्वमा र खोटाङ सेवा समाज काठमाडौंको आयोजनामा  कार्यक्रम गरि खोटाङ सेवा समाज काठमाडौंका उपाध्यक्ष भक्तजन राइको अध्यक्षतामा नेपाल पत्रकार महासघका अध्यक्ष डा.महेन्द्र बिष्टको प्रमुख आतिथ्य र काठमाडौं बासी खोटाङ्गे हरुको उपस्थितिमा सम्पन्न गरिएको थियो ।सहयोग संकलित रकम प्रमुख अतिथी डा. महेन्द्र बिष्टले मृतक लालबहादुर श्रेष्ठका श्रीमती उत्रा श्रेष्ठलाई कार्यक्रम मार्फत हस्तान्तरण गरिएको हो । श्रीमती र ७ बर्षिय एक छोरा छन । केही बर्ष देखि काठमाडौंमा बस्दै आएका मृतक श्रेष्ठका श्रीमती लाई काठमाडौंमै एक कार्यक्रम गरि सहयोग रकम उपलब्ध गराइएको हो । कार्यक्रममा खोटाङ सेवा समाज दोहा कतारका निबर्तमान सल्लाहकार निर्वाचन राई लगायतका अन्य अतिथिहरुको समेत उपस्थिति रहेको थियो । सस्थाका तर्फबाट सचिबालय सदस्य प्रशुराम श्रेष्ठ (पवन) ले सस्थाको सामाजिक दाइत्व उदेश्य र भुमिका बारेमा प्रष्टाएका थिए भने प्रमुख अतिथि डा. महेन्द्र बिष्टले मृतक लालबहादुर श्रेष्ठका परिवारलाई आबस्यक पर्ने सहयोग आफ्नो तर्फबाट पनि सदैब गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
अन्तमा कार्यक्रम अध्यक्षता गर्नु भएका भक्तजन राईले एउटै सामाजिक उदेश्यले स्थापना भएको जिल्ला बासी सस्था खोटाङ सेवा समाज काठमाडौंले खोटाङ सेवा समाज कतार सग समन्वय गरि सामाजिक कार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको र आफ्नो र सस्थाको तर्फबाट आबस्यक पर्दा भबिस्यमा पनि यस्ता सामाजिक कार्यहरु गर्न समन्वय भइ रहने बिश्वास ब्यक्त गरेका थिए ।
खोटाङ सेवा समाज दोहा कतारले उक्त सहयोग रकम मृतक लालबहादुर श्रेष्ठका छोराको शिक्षा र स्वस्थ्यका लागि गरिएको हो। खोटाङ सेवा समाज दोहा कतारको अनुरोध लाई स्वीकार गरि उक्त कार्यक्रम आयोजना गर्न सहयोग पुर्याएकोमा खोटाङ सेवा समाज काठमाडौं र नेपाल पत्रकार महासघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डा. महेन्द्र बिष्टलाई विशेष धन्यवाद ज्ञापन गरिएको महासचिब रुद्र शर्मा आचार्यले जानकारी दिएका छन ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post