sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » होटल व्यवसायीलाई तालिम

खोटाङ, जेठ २४ । परम्परागतरुपमा सञ्चालनमा रहेका होटल तथा लजको स्तरोन्नतीकालागि खोटाङ र ओखलढुंगाका व्यवसायीलाई व्यवस्थापन तालिम दिइएको छ ।

हालसम्म परम्परागत र पारिवारिकरुपमा अव्यवस्थित तरिकाले सञ्चालनमा रहेका साना होटल तथा लजको गुणस्तरमा सुधार ल्याउनकालागि खोटाङका २७ र ओखलढुंगाका ८ व्यवसायीलाई व्यवस्थापन तालिम दिइएको हो । जिल्लाको हलेसी, तुवाचुङ, रुपाकोट, बराहपोखरी, मझुवागढी, जन्तेढुंगा लगायतका पर्यटकीयस्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकको चापलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्ड र उद्योग बाणिज्य संघ खोटाङको संयुक्त आयोजनामा व्यवसायीलाई पाँच दिने व्यवस्थापन तालिम दिइएको हो । 

ग्राहकका रुपमा जिल्लामा आउने पर्यटकको इच्छा र चाहना अनुशार होटल तथा लजलाई सुधार गर्नकालागि पर्यटकको बढि आवतजावत भइरहने रोड करिडोर र प्रमुख व्यापारिक केन्द्रका व्यवसायीलाई होटल र लज व्यवस्थापन तालिम दिइएको बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । धार्मिक तथा पर्यटकीयस्थल हलेसीस्थित होटल हलेसी भिलेजमा गत जेठ–२० गतेदेखि आयोजित तालिममा सहभागी व्यवसायीलाई होटल तथा लज सञ्चालनका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक बिधिबाट सीप सिकाइएको छ । 
दिक्तेल–कटारी सडक खण्डमा पर्ने जयराम, च्यास्मीटार, हलेसी, अर्खौले, नुनथला, हुर्लुङ, दिक्तेल तथा दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने भँडारेघाट, बुईपाका व्यवसायीलाई होटल तथा लज व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । यस्तै, इलाका स्तरका सरकारी कार्यालय रहेको ऐसेलुखर्क र खोटाङबजार लगायतका प्रशासनिक केन्द्रका व्यवसायीलाई तालिममा समाबेस गराइएको अध्यक्ष लयालुले बताए । जिल्लामा परम्परागतरुपमा सञ्चालन भइरहेका अधिकांश साना होटल तथा लज अव्यवस्थित छन् । होटल र लजका टेबल, थाल, चम्चादेखि शौचालय, ओढाओछ्यान समेतको सरसफाईमा व्यवसायीले ध्यान दिएको पाईन्न । व्यवसायीका व्यवहार ग्राहकमैत्री छैनन् । यिनै कमजोरीपक्ष सुधारकालागि तालिमको आयोजना गरिएको हो । ‘जिल्लाका पर्यटकीय नगरीमा देशबिदेसका पर्यटक आउँछन्, उनीहरु सुबिधा सम्पन्न होटल र लज चाहन्छन्,’ अध्यक्ष लयालुले भने, ‘अव परम्परागतरुपमा सञ्चालित होटल र लजबाट पर्यटकको सत्कार र आतिथ्यता सम्भव नभएकाले सुधार गर्न आवश्यकता देखिएको हो ।’ व्यवसायीलाई ग्राहकमैत्री बनाउन ग्राहकसँग गर्नुपर्ने सत्कार, सम्मान र व्यवहार, सरसफाई, स्थानीय खाद्यान्नको उपयोगबाट थरिथरिका परिकार तयार पार्ने लगायतका सीप सिकाइएको छ । पाँच दिने तालिम सोमबार राती होटल हलेसी भिलेजकै सभाहलमा समापन गरिएको छ । तालिम प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य तथा पुर्वसांसद उषाकला राईको बिशेष आतिथ्यमा सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष राम दंगाल, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुथ्बी किराती, खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष तुलसी तिलुङ खम्बू, नेकपा मालेका केन्द्रीय सदस्य श्यामराज राई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post