sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा यस वर्ष मानब अधिकार उलङ्घनका १८ घटना

असार १६ । खोटाङमा यस वर्ष मानब अधिकार उलङघनका १८ वटा घटना दर्ता भएका छन् । जिल्ला सदरमुकाम दिक्तेलमा बिहिबार आयोजित मानब अधिकार र न्यायका निम्ति मानब अधिकार बर्ष पुस्तक २०१७ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा १८ वटा मानब अधिकार उलङघनको घटना दर्ता भएको जनाईएको हो । 
अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)ले आयोजना गरेको समीक्षा कार्यक्रममा ६ वटा घरेलु हिंसा, ६ वटा दुव्र्यवहार , एक कुटपिट, तीन वटा बालिका बलात्कार, एक बलात्कार तथा एक जबरजस्ती करणी उद्योगको घटना प्रहरीमा दर्ता भएको ईन्सेक जिल्ला प्रतिनिधि सुनिता मगरले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका डीएसपी विद्यानन्द माझीले इन्सेकले अभिलेख गरेको घटनाले पीडितलाई सहयोग पुगिरहेको जनाउँदै महिला र बालबालिकाको क्षेत्रमा भएका घटनामाथि आरोपितलाई हदैसम्मको कारबाही गरिरहेको बताउनुभयो । 
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की प्रमुख अतिथि तथा सरकारी, गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, राजनैतिक दलका प्रतिनिधि सम्मिलित कार्यक्रममा घटनाहरु प्राय ः सदरमुकाम आसापासका मात्र आएको टिप्पणी गरिएको थियो ।  जिल्लाका विभिन्न गाबिस तथा क्षेत्रमा यस्ता धेरै घटनाहरु रहेकोले त्यसको स्थलगत अध्ययन गर्न सुझाब दिईएको छ । वक्ताहरुले धेरै घटनाहरु मिलापत्र हुने भएकोले आरोपितले उन्मुक्ति पाएको गुनासो गरेका छन् ।  आगामी दिनमा  वालवालिका, महिला र श्रमशोषणमा परेका वालवालिकाको हीतमा काम गर्दै भएका सम्पूर्ण घटनालाई समेट्न सुझाव दिएका हुन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post