sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » कराते प्रतियोगिताकालागि समाजसेबी मनीकुमारबाट ५० हजार

खोटाङ, १९ जेठ । ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’को सफलताकालागि खोटाङको नेर्पा–२ घर भइ हाल ललितपुर नखिपोट बिशालचोक बस्दैआउनु भएका समाजसेबी मनीकुमार राईले ५० हजार सहयोग गर्नुभएको छ ।

किरात राई यायोक्खा केन्द्रीय समितिका पुर्व उपाध्यक्ष एबं ललितपुरका पुर्व जिल्ला अध्यक्षको भूमीका निभाइसक्नु भएका समाजसेबी राईले प्रतियोगीताको सफलताकालागि आयोजक नेपाल सितोरियो कराते संघको खोटाङलाई सहयोग गर्नुभएको हो । प्रतियोगीता सदरमुकाम दिक्तेलको माटिकोरेस्थित खेलमैदानमा बिहिबारदेखि तीन दिनसम्म सञ्चालन हुँदैछ । प्रतियोगीता जिल्लाको प्रतिष्ठासँग जोडिएकाले ‘हातमा हात मिलाउन’कालागि समाजसेबी राईले सहयोग गर्नुभएको संघका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।

प्रतियोगीताकालागि धनकुमार राईको पहलमा जनकल्याण समिति खोटाङ बहराइनले ५१ हजार १११ रुपैयाँ सहयोग गरेको छ । यस्तै, खोटाङ र भोजपुरका सिंगापुर प्रहरीको साझासंस्था ट्याम्के छायाँ परिवारले प्रतियोगीताको व्यवस्थापन र सफलताकालागि १ लाख ४० हजार आर्थिक सहयोग प्राप्त भएको आयोजकले जानकारी दिएको छ । खोटाङको रतन्छा घर भइ हाल काठ्माण्डौंमा व्यवसाय गर्दैआएका परिवर्तन किरातीको पहल एबं हाल सिंगापुरमा रहेका ट्याम्के छायाँ परिवारका रितुवर्तन राईको संकलनमा रकम प्राप्त भएको हो । कराते प्रतियोगीताकालागि सिंगापुरमा सहयोग संकलन गर्ने सिंगापुर प्रहरीमा कार्यरत रितुवर्तन सितोरियोका पुर्वखेलाडी एबं वर्तमान क्यूकोसिन कराँतेका एसियन पदक विजेता हुनुहुन्छ ।

बिभिन्न कठिनाइ र चुनौतीका बावजुद सयौं शुभेच्छुककै साथ र सहयोगमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सफलताको नजिक पुगेको अध्यक्ष राईले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post