sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » कराते प्रतियोगिताकालागि देश बिदेशका खेलाडी खोटाङमा

खोटाङ, १९ जेठ । खोटाङ सदरमुकाम दिक्तेलमा बिहिबारदेखि तीन दिनसम्म सञ्चालन गरिने ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’को तयारी पूरा भएको छ । सदरमुकाम दिक्तेलको माटिकोरेस्थित खेलमैदानमा सञ्चालन गरिने प्रतियोगीताको तयारी पूरा भएको आयोजक नेपाल सितोरियो कराते संघको खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

प्रतियोगीताका लागि मञ्च व्यवस्थापन, प्रतियोगीता स्थल, दर्शक बस्ने प्याराफिट, मैदान सजावट, प्रबेश द्धार निर्माण, खेलाडी स्वागत लगायतका तयारी पूरा भएको छ । तीन वर्षभन्दा बढि समयको तयारीपछि जिल्लामा सितोरियोको ऐतिहाँसिक खेल हुन लागेको हो । देशका सितोरियोतर्फका अधिकांश खेलाडीको उपस्थिति रहने भएका कारण जिल्लाबासीले प्रतियोगीतालाई महत्वकासाथ लिएका छन् ।
खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता स्थल जाने बाटेमा गेट निर्माण गर्दै खेलाडी ।
 भौगोलिक, आर्थिक लगायतका हिसावले दिक्तेलमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगीता सञ्चालन चूनौतीपूर्ण भएपनि प्रतियोगीताकालागि नेपाली सेना र शसस्त्र प्रहरीका खेलाडी मंगलबार नै दिक्तेल आइसकेका छन् । यस्तै, भारत, भूटान, पाँच बिकास क्षेत्र, बिश्वबिद्यालय र गोजोरियोको टिम दिक्तेल आउनेक्रम जारी रहेको अध्यक्ष राईले जानकारी दिए । अतिथि खेलाडीलाई दिक्तेलकै बिभिन्न होटलमा राख्ने व्यवस्था मिलाइएको छ ।

प्रतियोगितामा देश तथा बिदेशका १८ टिमको प्रतिष्पर्धा हुने भनिएपनि आयोजक सहित १२ टिमको ३ सय बढि खेलाडीको सहभागीता रहने जनाइएको छ । बंगलादेश र श्रीलंकाले अन्तिम समयमा सहभागीता जनाउन नसक्ने जानकारी दिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने समूहले क्रमशः ५० हजार, ३० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट निर्णायक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई ५/५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितोरियो कराते संघले चन्दा उठाएरै प्रतियोगताको आयोजना गरेको हो ।

प्रतियोगिता सञ्चालन गर्नका लागि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता सफल बनाउनकालागि जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु उपसमितिमा समेटिएका छन् । गत वर्ष सञ्चालन गर्ने भनिएको प्रतियोगिता भूकम्प, नाकान्दी र आर्थिक समस्या लगायतका कारण निर्धारित मितिभन्दा पछि सरेको हो ।

७६ पदक संख्याका लागि प्रतिस्पर्धा गराइने प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ कास्य पदक रहेको छ । प्रतियोगितामा पुरुष एकल काता र महिला एकल काता तथा पुरुष टिम काता र महिला टिम कातामा तीन÷तीन जनाको समूह रहने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ४५, ५०, ५५, ६५, ६७, ७५, ८४ र ८४ केजी भन्दामाथि तथा महिलातर्फ ४०, ४५, ५०, ५५, ६१, ६८ र ६८ केजीभन्दा माथि प्रतिस्पर्धा गराइने संघका उपाध्यक्ष मिलन कसजुले जानकारी दिए । 
खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागीताकालागि आएका सेनाका खेलाडीहरु ।


खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको मञ्च निर्माण गर्दै नेपाली सेना ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post