sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » अन्तर्राष्ट्रिय करातेको उपाधी शसस्त्रको पोल्टामा

खोटाङ, जेठ २२ । खोटाङमा आयोजित ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’को पहिलो उपाधि शसस्त्र प्रहरीले जितेको छ । 
नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा माटिकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगीतामा ७ स्वर्ण र २ रजत सहित शसस्त्रले प्रथम स्थान प्राप्त गरेको हो । यस्तै, ४ स्वर्ण, २ रजत र ३ कास्यसहित त्रिभुवन आर्मी क्लव दोश्रो भए भने ३ स्वर्ण र ११ कास्य सहित भूटान तेश्रो भएका छन् । १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदककालागि सञ्चालन गरिएको प्रतिष्पर्धामा आयोजक नेपाल सितोरियो कराते संघ जिल्ला शाखा २ स्वर्ण, ७ रजत र ५ कास्य सहित चौथो तथा १ स्वर्ण, १ रजत र २ कास्यसहित भारत पाँचौ स्थानमा सिमित बन्न पुगेको रेफ्री संयोजक राजेन्द्र कपालीले जानकारी दिए ।
बिहिबार सांसद सरस्वती बजीमयले उद्घाटन गरेको प्रतियोगीता शनिबार सम्पन्न भएको हो । तीन वर्षभन्दा बढि समयको तयारीपछि आयोजित ऐतिहाँसिक प्रतियोगीतामा भारत, भूटान, नेपाली सेना, शसस्त्र प्रहरी, पाँच बिकास क्षेत्र, बिश्वबिद्यालय, गोजोरियो र आयोजक सहित १२ टिमले प्रतिष्पर्धा गरेको आयोजक नेपाल सितोरियो कराते संघका अध्यक्ष सञ्जयकुमार राईले बताए । प्रतिष्पर्धामा प्रथम, दोश्रो र तेश्रो हुने समूहले क्रमशः ५० हजार, ३० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । बिजयी टिमलाई नेपाल सितोरियो कराते महासंघका अध्यक्ष धावा गुरुङले पुरस्कार हस्तान्तरण गरे । 
प्रतियोगीताको पुरुष ४० केजी तौल समुहमा भूटानका योन्टेन फुत्सुले स्वर्ण, आयोजकका सरोज दाहालले रजत र पुर्वाञ्चलका निश्चल खवासले कास्य पदक जितेका छन् । पुरुष ४५ केजी समुहमा भुटानका कर्मा दोर्जेले स्वर्ण, आयोजकका सुमन राईले रजत, पुर्वाञ्चलका सुमन मगर र भुटानका सोनाम डुन्डुपले आफ्नो टिमलाई कास्य दिलाएका छन् । ५० केजी तौल समुहमा शसस्त्रका बिजय लामाले स्वर्ण, बिश्वबिद्यालयका रोशन बलामीले रजत, भूटानका रिञ्जेन वाङ्गेल र आयोजकका अर्जुन श्रेष्ठले कास्य पदक जिते । यस्तै, ५५ केजी समुहमा त्रिभुवन आर्मी क्ल्वका मनिकुमार सुनुवारले स्वर्ण, बिश्वबिद्यालयका दिनेश नेपालीले रजत, भुटानका तेवान मगर र तान्छिन वाङगेलले कास्य पदक हात पारेका छन् । ६० केजी समुहमा त्रिभुवन आर्मी क्ल्वका शनी चौंलागाईले स्वर्ण, बिश्वबिद्यालयका आशिष थापाले रजत, भूटानका सिरिङ वाङचुक र खमसुम क्षेत्रीले कास्य पदक दिलाएका छन् । ६७ केजी समुहमा शसस्त्रका मोहन कार्कीले स्वर्ण, आर्मी क्ल्वका गोबिन्द बिसंखेले रजत, भुटानका सिरिङ दोर्जे, र आयोजकका सुजन राईले कास्य पदक हात पारेका छन् । ७५ केजीतर्फ भुटानका शेरब वाङचुग स्वर्ण, आर्मी क्लवका सुमनकुमार कार्की रजत, भुटानका सिरिङ छोफेल र गोजोरियोका रोशन श्रेष्ठले कास्य जितेको आयोजकले जनाएको छ । 
यस्तै, महिला ४० केजी तौल समुहमा आयोजककी नञ्जु राईले स्वर्ण, शसस्त्रकी दिपा लामाले रजत, त्रिभुवन आर्मी क्ल्वकी लक्ष्मी गुरुङ र बिश्वबिद्यालयकी सुशिला खड्काले कास्य पदक जितिन् । ४५ केजीमा त्रिभुवन आर्मी क्लवकी कुसुम खड्काले स्वर्ण, भारतकी मन्दीरा कार्कीले रजत, पुर्वाञ्चलका मिस्त्री श्रेष्ठ र आयोजकका रोश्मा राईले कास्य जितेका छन् । ५० केजी समुहमा शसस्त्रकी अनु अधिकारीले स्वर्ण, आयोजककी बिद्याकला राईले रजत, पश्चिमाञ्चलकी उर्मिला दर्लामी र पुर्वाञ्चलकी रञ्जिता लेप्चाले टिमलाई कास्य पदक दिलाएकी छन् । ५५ केजी समुहमा आयोजककी प्रिया राईले स्वर्ण, शसस्त्रकी मनिषा चौधरीले रजत, आर्मी क्ल्वकी सम्झना घिसिङ र भुटानकी सलिना राईले कास्य पदक जितेकी छन् । ६१ केजी समुहमा शसस्त्रकी सपना लामाले स्वर्ण, आयोजककी चन्द्रकला राईले रजत, मध्यपश्चिमकी मनिषासिं ठकुरी र पुर्वाञ्चलकी गंगामायाँ तामाङले कास्य पदक हात पारिन् । ६८ केजी समुहमा भने भारतकी निमु लाप्चाले स्वर्ण, आर्मी क्ल्वकी बिभुषा थापाले रजत, भारतकै बिमला लामा र आयोजकका मिसडोना राईले कास्य पदक जितेकी छन् । 


प्रतियोगीताको पुरुष एकल काँतामा शसस्त्रका पर्शुराम बास्तोलाले स्वर्ण, आयोजकका मोतीचन्द्र राईले रजत, पुर्वाञ्चलका रोहित राई र भुटानका दिवान मगरले कास्य पदक हात पारेका छन् । पुरुष टिम काँतामा शसस्त्र प्रहरीले स्वर्ण, मध्यपश्चिमले रजत, भुटान र आयोजकले कास्य जिते । यस्तै, महिला एकल काँतामा शसस्त्रकी सरिता श्रेष्ठले स्वर्ण, आयोजककी रोश्मा राईले रजत, बिश्वबिद्यालयकी कर्मा लामा र भारतकी निमु लाप्चाले कास्य जिते । महिला टिम काँतामा त्रिभुवन आर्मी क्ल्वले स्वर्ण, आयोजकले रजत, पुर्वाञ्चल र शसस्त्रले कास्य पदक हात पारेको आयोजकले जनाएको छ । 
प्रतियोगितामा पुरुषतर्फ भुटानका सेरब वाङ्चु र महिलातर्फ आयोजकी प्रीया राई उत्कृष्ट खेलाडी घोषित भए । पुरुषतर्फ अनुशासित खेलाडीको उपाधि आयोजकका अर्जुन श्रेष्ठ र महिलातर्फ आयोजककै चन्द्रकला राईले पाए । अनुशासित टिमको उपाधि पनि आयोजकले नै पाएको छ । उनीहरुलाई ५/५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितोरियो कराते संघले प्रतियोगीता गरेको हो । भौगोलिक, आर्थिक लगायतका हिसावले दिक्तेलमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगीता सञ्चालन चूनौतीपूर्ण भएपनि खेलकुदको प्रबद्र्धनकालागि आयोजकले चन्दा उठाएरै हिम्मत गरेको हो । देशका सितोरियोतर्फका अधिकांश खेलाडीको उपस्थिति रहेका कारण जिल्लाबासीले प्रतियोगीतालाई महत्वकासाथ लिएका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post