sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » महिला पुरुष एकल काँतामा सशस्त्र पहिलो

खोटाङ, जेठ २१ । खोटाङमा जारी ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’को महिला तथा पुरुष एकलकाँतामा शसस्त्र प्रहरीले पहिलो स्थान प्राप्त गरेको छ । सदरमुकाम दिक्तेलको माटिकोरे खेलमैदानमा शुक्रबार आयोजित प्रतियोगीतामा पुरुष एकल काँतामा शसस्त्रका पर्शुराम बस्नेत प्रथम, आयोजकका मोतीचन्द्र राई दोश्रो, पुर्वाञ्चलका रोहित राई तेश्रो र भुटानका दिवान मगर शान्त्वना भएका छन् । यस्तै, महिला एकल काँतामा शसस्त्रकी सरिता श्रेष्ठ प्रथम, आयोजककी रोश्मा राई दोश्रो, बिश्वबिद्यालयका कर्मा लामा तेश्रो र भारतका निमु लाप्चा शान्त्वना भएको रेफ्री संयोजक राजेन्द्र कपालीले बताए ।

नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा बिहिबारबाट सुरु प्रतियोगीतामा कुमितेफाइटतर्फ पुरुष ४० केजी समुहमा पुर्वाञ्चलका निश्चल खवासलाई हराउँदै आयोजकका सरोज दाहाल र भुटानका योन्टेन फुन्सु फाइनल प्रबेश गरेका छन् । ४५ केजी समुहमा भुटानका सुनाम डुन्डुपलाई हराउँदै आयोजकका सुमन राई र पुर्वाञ्चलका सुमन मगरलाई हराउँदै भुटानका कर्मा दोर्जे फाइनल पुगेका छन् । ५० केजी समुहमा आयोजकका अर्जुन श्रेष्ठलाई हराउँदै शसस्त्रका बिजय लामा र भुटानका रिञ्जेन वाङ्गेनलाई हराउँदै बिश्वविद्यालयका रोहन बलामीले फाइनल यात्रा तय गरेका छन् ।
आयोजकका अनुशार ६० केजी समुहमा त्रिभुवन आर्मी क्ल्वका शनि चौंलागाई र बिश्वबिद्यालयका आशिष थापा, ६७ केजी समुहमा शसस्त्रका मोहन कार्की र आर्मीका गोबिन्द बिसंखे, ७५ केजी समुहमा आर्मीकै सुमनकुमार कार्की र भुटानका सेरव वाङचु फाइनल पुगेका छन् ।
यस्तै, महिला कुमितेफाइटतर्फ ४५ केजी समुहमा आर्मीकी कुसुम खड्का र भारतका मन्दीर कार्की, ५५ केजी समुहमा शसस्त्रकी मनिषा चौधरी र आयोजककी प्रिया राई, ६८ केजी समुहमा आर्मीकी बिभुषा थापा र भारतकी निमु लाप्चाले फाइनलको यात्रा तय गरेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।
१७ स्वर्ण, ३४ रजत र ६८ कास्य पदककालागि हुने प्रतिष्पर्धामा प्रथम, दोश्रो र तेश्रो हुने समूहले क्रमशः ५० हजार, ३० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट निर्णायक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई ५÷५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post