sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बोक्सी आरोपमा यातना पाएकी वृद्धाले न्याय पाइनन् ,मानव अधिकार आयोग र संघसंस्थासँग सहयोगको अपिल

खोटाङ, ८ असार । बोक्सी आरोपमा यातना पाएकी खोटाङकी एक वृद्धाले न्याय नपाएको गुनासो गरेकी छन् । बाझेच्यानडा“डा–१ का धनगन्ज राई र उनकी श्रीमती तारा राईले जेठ १३ गते बोक्सीको आरोप लगाउँदै कुटपिट तथा ज्यान लिने धम्की दिएपनि प्रहरीले समेत न्याय नदिएको पीडित ७२ वर्षीया वृद्धाले गुनासो गरेकी हुन् ।

मुद्धा लेखाउने वकिल तथा प्रहरी प्रशासनकै मिलेमतोमा मुद्धा कमजोर बनाएर चलाउने र दोषीलाई उन्मुक्ति दिने काम भएको शंका गर्दै पीडित पक्षले भने मानव अधिकार तथा महिला हकहितका क्षेत्रमा आवाज उठाउँदै आएका संघ संस्था तथा व्यक्तिहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।
कुटाई खाने वृद्धा एकल महिला हुन् भने उनी केही वर्षदेखि एक्लै बस्दै आएकी थिइन् । तिनै पीडित वृद्धालाई राई दम्पत्तीले निर्घात कुटपिट गर्नुका साथै गाली गलौज गर्दै बोक्सीको आरोप लगाएको र आफ्नो छोरालाई निको नबनाए ज्यान लिने धम्की दिएको प्रत्यक्षदर्शीले बताएका छन् । बोक्सी आरोप खेपीरहेकी पीडित वृद्धालाई राई दम्पत्तीको कुटाइबाट टाउकोमा गहिरो चोट लागेको छ । 
अस्पताल स्रोतका अनुसार पीडित वृद्धाको टाउकोमा सात टाका लगाइएको छ । पीडितले गत जेठ १५ गते नै उजुरी दिए पनि दोषीलाई हालसम्म पक्राउ गर्न प्रहरीले चासो नदिएको छिमेकी इन्द्र रोकाले बताउनुभयो । “प्रहरीले पनि हाम्रो मान्छेलाई मात्र बोलाएर दुःख दिइरहिएको छ ।” उहाँले भन्नुभयो, “प्रहरीको यो प्रबृत्ति हेर्दा हामी जस्ताले कहाँ गएर न्याय माग्ने !”
यसबारे दोषीमाथि सार्वजनिक मुद्दा दर्ता गरेर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । “यसमा हामीले खोजी गरिरहेका छौं ।” उहाँले भन्नुभयो, “रह्यो मुद्धा दर्ताको कुरा ! उहाँहरुले जाहेरी ल्याएकै आधारमा दर्ता गरेका छौं ।”
पीडितले जाहेरीका क्रममा बोक्सीको आरोपमा कुटपिट भएको भनेर दिएपनि वकिलले मुद्धा लेख्ने क्रममा शिर्षकमा सार्वजनिक मुद्धा लेखिदिएको र प्रहरीले पनि त्यसैमा कमजोर तरिकाले मुद्धा चलाएको दर्ता गरेको पाइएको हो । पीडित पक्षले सामान्य कुटपिट जस्तो मुद्धा गाउँमा नै मिलाउन सक्ने भन्दै मिलेमतोमा घटना डिसमिस पार्न खोजेको शंका व्यक्ति गर्दै मानव अधिकार आयोग, महिला अधिकारमा संलग्न संघ संस्थासँग न्यायका लागि अपिल गरेका हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post