sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङमा १२ महिनै सडक सञ्चालन गर्न 'हेरालु'को व्यवस्था

खोटाङ, १५ असार । नियमित सडक सञ्चालनमा ल्याउनका लागि खोटाङमा सडक 'हेरालु' (सडकको हेरविचार गर्ने व्यक्ति) को व्यवस्था गरिएको छ । जिल्लाका सडक हिउँद महिनामात्र सञ्चालन हुने र वर्षायाममा अवरुद्ध हुने गरेकोले बाह्रै महिना सञ्चालनमा ल्याउन सडक हेरालुको व्यवस्था गरिएको हो ।

सदरमुकाम दिक्तेलसंग जोडिएका लफयाङ, मात्तिम, खोटाङबजार हरित सडक, दिक्तेल खानीडाँडा विमानस्थल जोड्ने सडक, दिक्तेल तालखर्क होलुडाँडा र कालापानी रसुवाघाट सडकमा सडक हेरालुको व्यवस्था गरिएको जिल्ला बिकास समितिको कार्यालय खोटाङले जनाएको छ । 

जिल्ला बिकास समिति, जिल्ला प्राबिधिक कार्यालय र स्थानीय सडक सुधार कार्यक्रम (एलआरआईपी) मार्फत जिल्लाका महत्वपूर्ण ४ वटा सडकमा हेरालुको व्यवस्था गरिएको जिल्ला प्राबिधिक कार्यालयका प्रमुख इन्जीनियर राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार, ‘सडक हेरालुको व्यवस्था नहुँदा अव्यवस्थि बनेका सडक आगामी दिनमा व्यवस्थितसंगै बाह्रै महिना चुस्तदुरुष्त रहनेछन्  ।’

सडक हेरालुले सडक आसपासमा रहेका झाडी पन्छाउने, खाल्डाखुल्डी पुर्ने, पानी तरकाउने, सानातिना पहिरोहरु पन्छाउने, सडकमा रहेका ढुङगाहरु हटाउनेलगायका काम गर्नेछन् । उक्त सडकलाई नियमित सञ्चालनमा ल्याउन १ किलामीटर सडक बराबर एक जना हेरालुको व्यवस्था गरिएको प्रमुख श्रेष्ठको भनाई छ । हेरालु स्थानीय सडक उपभोत्ता समितिबाटै छनौट गरिएको छ । कच्ची सडकमात्र रहेको जिल्लामा आगामी दिनमा सवै ग्रामीण सडकमा हेरालुको व्यवस्था गरिने श्रेष्ठले बताए । सडक हेरालुलाई दैनिक न्युनतम ४५० रुपैंया र कामको आधारमा त्यो भन्दा बढी रकम निर्धारण गरिएको जनाईएको छ  । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post